न्याय माग्नेहरुलाई यस्तो दमन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं – राष्ट्रपति भवन अगाडि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्ने एक दर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।१३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै राष्ट्रपति भवनअगाडि प्रदर्शन गर्ने १२ जनालाइ जस्टिस फर निर्मलाका अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।१३ वर्षीया बालिका निर्मलाका लागि न्याय माग्दै धर्ना र प्रदर्शनमा उत्रिएका उनीहरुले आँखामा पट्टी बाँधेर हत्यारा पत्ता लगाई दोषीमाथि कडा कारबाहीको माग गरेका थिए । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै राष्ट्रपति भवनअगाडि प्रदर्शन गर्ने एक दर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो राष्ट्रपतिको गेटै अगाडि प्रदर्शन गर्ने जस्टिस फर निर्मलाका अभियन्ताहरु १२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।उनीहरु निर्मलाका लागि न्याय माग्दै धर्ना र प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले आँखामा पट्टी बाँधेर हत्यारा पत्ता लगाई दोषीमाथि कडा कारबाहीको माग राख्दै प्रदर्शन गरका थिए ।आँखामा ‘म निर्मला हुँ’ लेखेको पट्टी बाँधी प्रशर्दनमा उत्रिएका तीन किशोरीसहित १२ जनालाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा राखेको बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी आजमात्र पोल्यान्डबाट स्वदेश फर्किएकी छन् । उनी स्वदेश फर्किएको मौका पारेर प्रदर्शनकारीहरूले राष्ट्रपतिको ध्यानाकर्षण गराएका हुन् । https://etajapost.com/index.ph...

ktmpost · Dec 6, 2018 9:51 AM · 1,408 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion