टेक्सास (अमेरिका)- एक अश्वेत बन्दुकधारीले गोली चलाउंदा अमेरिका टेक्सासको ब्रायनमा एक नेपाली युवा गम्भिर घाइते भएका छन् । नेपालको कञ्चनपुर पुर्नवास धनगढी घर भई करिब एक बर्ष यता ब्रायन स्थित एप्पल स्टोर नामक ग्यास स्टेशनमा काम गर्दै आएका ३१ बर्षिय बिनोद जेठारा बन्दुकधारीको गोली प्रहारबाट गम्भिर घाइते भएका हुन् । स्टोर खोल्न गएका जेठारालाई ग्राहक बनेर आएको अश्वेत बन्दुकधारीले सोमबार बिहान साढे ६ बजेतिर एक्कासी गोली प्रहार गरेको थियो । मुटुमा गोली लागेर गम्भिर घाइते जेठाराको ब्रायन स्थित सेन्ट जोसेफ हस्पिटलमा उपचार भइरहेको घाइते जेठाराका जेठान दाई मोहन कुसारीले बताउनुभयो । सामान्यतया पैसा लुट्नका लागी बन्दुक लिएर आउने भएतापनि गम्भिर घाइते जेठारालाई भने स्टोरमा ग्राहकको रुपमा आई सिधै गोली प्रहार गरेर भागेको बताइएको छ । श्रीमती संगै एक छोरी अमेरिका आउने प्रक्रिया शुरु हुनै लाग्दा जेठारा माथी बज्रपात परेको हो । अमेरिका त्यसमाथी टेक्सास राज्यमा पछिल्लो समय ग्यांस स्टेशनमा लुटेरा र बन्दुकधारिहरुको आक्रमनको शिलशिला बढेको छ । http://www.himalpationline.com...
ktmpost · Dec 6, 2018 9:46 AM · 12,153 views
NLM Nepalese Lives Matter.
solu123 · Dec 7, 2018 12:05 PM
सरि तु साउण्ड लाइक अ रेसिस्त, बट् व्हाई आर दिज हप्सिज सो सेन्सलेसलि ब्रुतल लाइक आनिमल्स ?
GwachAquarian · Dec 7, 2018 3:31 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion