दार्जिजिङ। पश्चिम बंगालको कालिम्पोङमा निकै डरलाग्दो दुर्घटना भएको छ । यहाँ प्याराग्लाइडिङ दुर्घटनामा प्यारापाइलटको ज्यान गएको छ । उनीसँगै प्याराग्लाइडिङमा गएका पर्यटक गम्भीर घाइते अवस्थामा अस्पतालमा छन् । भटनाका गौरव चौधरी नामका पर्यटक प्याराग्लाइडिङका लागि गएका थिए । गौरव मोवाइलबाट सेल्फी भिडियो बनाउँदै थिए । यत्तिकैमा ग्लाइडरको डोरी चुँडिएपछि दुवै जमिनमा खसे । खस्दा पाइलटको ज्यान गयो । गौरव गम्भीर अवस्थामा अस्पतालमा छन् । गौरवले खिचिरहेको भिडियोमा यो भयानक दुर्घटना रेकर्ड भएको छ । यो भिडियो अहिले निकै भाइरल भइरहेको छ । हेर्नुहोस् भिडियो: https://www.youtube.com/watch?... https://sidhanews.com/archives...
ktmpost · Nov 30, 2018 8:14 AM · 1,158 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion