नेपाली चलचित्रमा पनि नग्न (nude) सिन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सुविन भट्टराईको चर्चित प्रेम उपन्यास ‘समर लभ’ माथि बनेको फिल्म ‘समर लभ’को टिजर रिलिज भएको छ। मुस्कान ढकालले निर्देशन गरेको फिल्मको सार्वजनिक टिजरमा ‘साया’ र अतित’ बनेका रेवती क्षेत्री र आशिष पियाको साथमा सुरज सिंह ठकुरी देखिएका छन। फिल्मको टिजरमा उनीहरूको प्रेम र विछोड बुझाउने संवादहरूलाई प्राथमिकता दिइएको छ। सुबिनको कथामा सामीप्यराज तिमल्सेनाले पटकथा लेखेका हुन्। फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन्। नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन्। स्वपन सरकार र मनोज बिक सह-निर्माता रहेको फिल्ममा एकराज तामाङ लाइन प्रोड्युसर हुन्। यसै फिल्मबाट आशिष र रेवती नेपाली फिल्मीको यात्रा शुरु गरेका हुन्। फिल्ममा रेवतीले खुलेरै न्युड र चुम्बनका दृश्यहरु दिएकी छिन्। फिल्ममा पुष्पन प्रधानको संगीत रहेको छ भने फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन्। यो फिल्म माघ २५ गतेबाट रिलिज हुँदै छ। https://www.glamournepal.net/n...

nepalicuties · Nov 25, 2018 8:37 AM · 21,984 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion