अमेरिकाको न्यु ह्याम्पशाइरमा पढ्ने नेपाली बिद्यार्थी यस कारण निस्कासित भए - बन्दुकको कुरामा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बन्दुकको गफ दिँदा अमेरिकी कलेजबाट नेपाली विद्यार्थी निष्कासित ! १४ कात्तिक, काठमाडौं । साथीलाई धम्क्याएको आरोपमा एक नेपाली विद्यार्थीलाई अमेरिकाको कलेजले निष्कासन गरेको छ । न्यू हृयाम्पसायर राज्यस्थित न्यू लण्डनमा रहेको कोल्बी-सोयर कलेजमा अध्ययनरत २१ वषिर्य सुप्रज्ञ रिजाल निष्कासनमा परेका हुन् । रिजाललाई अक्टोबर ३ मा प्रहरीले पक्राउ गरेर दुई दिनसम्म हिरासतमा राखेपछि छोडिदिएको थियो । उनले बेलुकी खाना खाने क्रममा एक साथीसँग शिकारको कुरा गरेका थिए । आफूले ती साथीसँग आफ्नो बाल्यकाल र हजुरबुबाको बारेमा कुरा गरेको रिजालले बताएका छन् । तर, उनीहरुले अर्कै अर्थमा बुझेर धम्कीको रुपमा लिएको रिजाल बताउँछन् । ‘मेरो हजुरबुबाले पहिले नेपालमा शिकार खेल्ने गर्नुहुन्थ्यो र उहाँले मलाई बन्दुक चलाउन सिकाउनुभएको थियो,’ उनले भने, ‘म यसमा (बन्दुक चलाउन) निकै सिपालु छु ।’ प्रहरीले भने रिजालले हन्टर फिट्जसिमोन्स नामका ती विद्यार्थीलाई आफूसँग अनुमतिप्राप्त बन्दुक भएको र कलेजका कसैले पनि केही गर्न नसक्ने भन्दै धम्क्याएको जनाएको छ । न्यू लण्डन प्रहरीका सर्जेन्ट डेभिड केथले लेखेको रिपोर्टअनुसार फिट्जसिमोन्सले यस विषयमा क्याम्पसमा जानकारी गराएका थिए र क्याम्पसका सुरक्षा अधिकृतहरुले प्रहरीलाई खबर गरेका थिए । रिजालमाथि कलेजमा हुन गइरहेको साहित्यिक कार्यक्रममा मानिसहरुलाई गोली प्रहार गर्ने योजना बनाएको आरोपसमेत लगाइएको छ । क्याम्पसका सुरक्षा अधिकृत विल्ली ब्याकोटले रिजालले कलेजमा मदिरापान र झैझगडा गरी अनुशासन भंग गरेको रेकर्ड भएको बताएका छन् । रिजालले अमेरिका र गोरा वर्णका मानिसलाई घृणा गर्ने उनको दावी छ । रिजालले भने ती सबै आरोपहरु झुटो भएको बताएका छन् । आफूसँग बन्दुक नभएको र बन्दुक राख्ने अनुमति पनि नभएको उनले बताएका छन् । रिजालको अपार्टमेन्टबाट हतियार बरामद भएको नभएको बारेमा प्रहरीको रिपोर्टमा उल्लेख छैन । प्रहरीले पक्राउ गरेको कारणले नै आफूलाई कोल्बी-सोयर कलेजले निष्कासन गरेको रिजालले बताएका छन् । कलेजले भने रिजालको बारेमा कुनै प्रतिक्रिया दिन मानेन । उनीमाथि लगाइएको धम्कीको आरोप प्रमाणित भएमा उनलाई नेपाल फर्काइन सक्ने सम्भावना रहेको छ । रिजालको मुद्दा कन्कर्डस्थित मेरिम्याक सुपेरियर कोर्टमा चलिरहेको छ र अध्यागमन वकिलसँग उनले आँउदो साता भेट्नेछन् । (न्यू हृयाम्पसायर युनियन लिडरबाट) https://www.onlinekhabar.com/2...

ktmpost · Nov 1, 2018 10:44 AM · 3,050 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion