ग्याङग् फाईट नगरि छठ पर्व नमनाउने रे !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कलैया : नजिकिँदै गरेको छठ पर्वका लागि छठघाट बनाउने बिषयमा विवाद हुँदा यहाँको महागढीमाई नगरपालिकामा स्थानीयबीच झडप भएको छ । महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिर उत्तरतर्फको सार्वजनिक जग्गामा छठघाट बनाउने बिषयमा कुरा नमिल्दा मथुवा र कचहरिया टोलबासी झडप भएको हो ।  झडपमा मथुवा टोलका आठ र कचहरीया टोलका तीनजना घाइते भएका छन् । घाइतेमध्ये मथुवा टोलका मोतीलाल कुशवाहा, राजन कुशवाहा र मुकेश कुशवाहाको अवस्था गम्भीर  छ । झडपमा घाइते भएका मोतीलाल गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका सचिव हुन् । http://annapurnapost.com/news/...

Khaobaadi_Netaa · Oct 29, 2018 6:36 PM · 3,684 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion