Subscribe युरोप, अमेरिका तथा अन्य देशबाट नेपाल फर्कदा दिल्लीको ईन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्ट हुँदै नआउने अनुरोध गरिएको छ । गैरआवासीय नेपाली अभियन्ता तथा लुम्बिनी कपिलवस्तु दिवस अभियान स्वीडेनका संयोजक कृष्ण कुमार ढकाल लगायतका केही सरोकारवालाहरुले दिल्लीको बाटो हुँदै नेपाल नआउन अनुरोध गरेका छन् । अक्टोबर ३ मा स्वीडेनको गोथेनवर्ग एयरपोर्टबाट टर्किस एयरलाईन्समा नेपालका लागि उडेका ढकालले दिल्ली एयरपोर्टमा आफूले पाउनु परेको सास्तीका बारेमा बताउँदै कोही पनि दिल्ली एयरपोर्ट हुँदै नेपाल नआउन अनुरोध गरेका छन् । स्वीडेनको अध्यागमनबाट पास भएर आएको लगेज दिल्ली एयरपोर्टमा रोकेर चेक गरेर मात्र लैजान पाउनुहुन्छ भनेर रोकिएदिएपछि ४ दिनसम्म आफ्नो लगेज नेपाल नआएको बताए । ‘धन्न महत्वपूर्ण सामानहरु लगेजमा राखिनछु नभए त मेरो बिजोगै हुने थियो । चार दिनसम्म लगेज कुरेर बस्दाको पीडा संसारन्युजलाई सुनाउँदै ढकालले भने, ‘मसँगै आएका जर्मन नागरिकको पनि त्यहि हालत भयो । उनीसँग त पैसा पनि साथमा रहेनछ म चढेको ट्याक्सीमा चढाएर ठमेलसम्म छोडिदिए ।’ नेपाल र नेपालीका लागि मात्र नभएर अन्तराष्ट्रिय स्तरमा पनि यसले नेपालको छवि धुमिल पार्ने काम गरेको ढकालले बताए । ‘स्वीडेनको गोथेनवर्ग एयरपोर्टबाट पास भएर आएको लगेज फेरि दिल्लीमा सर्कुलर छ भन्दै चेकिङ हुनुपर्ने किन ? हामीलाई किन सास्ती दिइन्छ यसरी, हामी बुझेकालाई त यस्तो समस्या पर्छ भने सर्वसारधारणलाई कति सास्ती दिन्छन् होला ल भन्नुस् त’ ढकालले भने । अक्टोबर ४ विहान ५ बजे टर्किस एयरबाट दिल्ली एयरपोर्टमा आइपुगेका उनी व्यागेज लिन भनेर बाहिर आए । तर, उनलाई रोकियो । ‘तेरो भिषा छैन, बाहिर जान पाउन्नस्’ भनियो । लगेज लिन जान लागेको भन्दा ट्रान्सपोर्ट डेस्कमा पठाइयो । त्यहाँ व्याग काठमाडौं ट्रान्सफर गरिदिन्छौं भनेर फर्काइयो । तर उनी काठमाडौं आएको ५ घण्टा सम्म उनको व्याग आएन । त्यसपछि टर्किस एयरलाइन्सको काउन्टरमा गएर सोधे मेरो व्याग किन आएन भनेर । टर्किस एयरलाईन्सका स्टाफलाई भन्दा उनीहरुले व्यागेज दिल्लीमै रहेको र ओभर वेटका कारण अन्य जहाजले ल्याउन नमानेको भन्दै जवाफ दिए । RELATED POSTS विदेशमा नेपाली भाषा सिक्न ‘भर्चुअल नेपाली स्कूल’ अभियान शुरु Oct 6, 2018 झापामा ब्रा, पेन्टी चोर्ने अनौठो चोर Oct 6, 2018 आतंकवादीबाट बलात्कृत महिला नदिया मुराद र कंगोका डा. डेनिस… Oct 5, 2018 उनी लगेज आएपछि फोन गरेर बोलाउने आसमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरीए । तर, आज आउला, भोली आउला भन्दा भन्दै चारदिनपछि बल्ल लगेज आएको उनले बताए । लगेजको अवस्था कस्तो पाउनु भयो त भन्ने संसारन्युजको जिज्ञासामा उनले भने, ‘मैले ढाट्नु हुँदैन् लगेज एकदम सुरक्षित थियो, तर काठमाडौंको टिकट काटेर आउँदा ब्यागेज दिल्लीमै रोकिनु सबै नेपालीका लागि दुःखद कुरा हो । मसहित स्वीडेनबाट आएका दुई महिला र सायद अमेरिकाबाट आएका होलान् अर्का युवकको पनि त्यस्तै हालत थियो ।’ ‘अब हामी युरोप अमेरिकाबाट आउनेहरुले दिल्ली हुँदै आउने टिकट लिदा ध्यान दिनुपर्छ भन्ने मेरो भनाई हो ।’ उनले भने । स्वीडेनमा रेष्टुरेण्ट व्यवसाय गर्दै आएका ढकालले भने, ‘हामीलाई त ठिकै छ जहाँ भएपनि दुःख भोग्ने बानी परेको छ । तर, नेपाल घुम्न आउने विदेशी पर्यटकलाई यसले सास्ती दिने र नेपालको पर्यटन प्रवद्र्धनमा यसले ठूलो धक्का दिने देखिन्छ भने अर्कोकुरा अप्रत्यक्ष रुपमा नेपालीको स्वाभिमानमा आँच आउने काम समेत भएको छ । यसमा सम्बन्धीत निकायले बेलैमा ध्यान दिन जरुरी छ ।’ ढकालको सुझाव छ । ढकालकै समस्यामा सामाजिक संजालमा कमेन्ट गर्दै युकेबाट भोला खनालले भनेका छन्– यहि कारण मैले एयर इण्डियाको प्रयोग गर्दिन् । पछिल्लोपटक मैले पनि त्यस्तै समस्या पाएको थिए । त्यस्तै बेल्जियमबाट डिल्लीराम भण्डारीले पनि दिल्ली हुँदै नेपाल कहिले नजान अनुरोध गरेका छन् । फिनल्याण्डबाट गैरआवासीय नेपाली संघका आइसीसी सदस्य बालकृष्ण श्रेष्ठले आफूसँग पनि दिल्ली एयरपोर्टमा त्यस्तै व्यवहार भएको नराम्रो अनुभव रहेको बताएका छन् । https://www.enepal.com.au/news...
ktmpost · Oct 12, 2018 1:20 PM · 4,079 views
I have been telling you m0r0ns that India is a curry smelling $hit country. We need to completely cut off ties with them. Build the wall, stop eating Nepali daal bhaat because that's Indian, stop following Hinduism because that's Indian, stop watching their movies and shit because that's Indian, stop wearing sari and kurta because that's Indian, stop speaking Nepali because that's very much Indian. We need our own unique identify. Let's build that WALL and India WILL PAY for it! Last edited: 12-Oct-18 04:42 PM
samitabaral · Oct 12, 2018 1:32 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion