R.I.P. Gagan Birahi, अमेरिका बस्ने छोरि फर्केर, कविता संग्रह बिमोचन गरेको २ घण्टा पछि प्राण गयो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

#आनन्दको स्क्रिप्ट - ६१ बर्षका - पहिलो समाचार वाचक (NTV का) - फिल्म निर्देशक - फिल्म निर्माता - अभिनेता - कवि - गितकार दुइ बर्ष अघि लिभरको समस्यावाट सिकिस्त बिरामि भएका विरही त्यसपछि तंग्रन सकेका थिएनन । अचानक रुघाखोकी र ज्वरो थलिएका विरही लाइ अघिल्लो हप्ता शनिबार नर्भिक अस्पतालको अति सघन उपचार कक्षमा भर्ना गरेर उपचार शुरु गरिएको थियो । उनि बेहोस भएको र औषधीले समेत काम गर्न छोडे पछि अस्ट्रेलियामा बस्ने छोरा र अमेरिकामा बस्ने छोरी लाइ नेपाल् बोलाइएको थियो । छोरी शनिबार मात्रै नेपाल आइपुगेकि थिइन। तर, उनि हाएको भोलि पल्ट नै बिरहि बेहोसि अबस्था मा नै बिते - आइतबार ४ बजे। ६१ बर्षका बिरहिको त्यहि सांझ नै अंतिम संस्कार पनि गरिएको छ । नेपाल टेलिभिजनको पहिलो समाचारवाचक विरहिले 'झ–झल्को', 'मितेरी गाउँ', 'शिखर' र 'घर–आँगन' जस्ता फिल्म निर्देशन गरेका थिए । त्यसका साथै उनले 'मितेरी गाउँ', 'शिखर' र 'घर–आँगन’जस्ता फिल्म आफैंले निर्माण गर्नुका साथै फिल्मको कथा र स्क्रिप्ट पनि आँफैले लेखेका थिए । केही दिन अघिसम्म उनी आफूले रचना गरेको कविता तथा गीतको संग्रह 'हस्ताक्षर' विमोचन गर्ने तयारी गरिरहेका थिए। पिताको अन्तिम बिरहिकि त्छोरी एलिना श्रेष्ठले पूरा गरिदिएकी थिइन बिरहिको निधन हुनुभन्दा २ घण्टाअघि मात्र । विरहीको अन्तिम कृति 'हस्ताक्षर' नर्भिक अस्पताल परिसरमा नै विमोचन गरिएको थियो । विरहीको आत्माको चिर शान्तिको कामना छ । https://www.youtube.com/watch?...

AnandNepal · Sep 30, 2018 10:53 PM · 6,011 views

1 Reply

गगन बिरहिको शब्द मा चर्चित गित https://www.youtube.com/watch?...

Anandnepal · Oct 1, 2018 8:05 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion