बाबुरामजी तपाईको योगदान के ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बाबुराम भट्टराईलाई खुला पत्र प्रिय बाबुराम जी, तपाई युरोपका बिभिन्न मुलुक घुमेर आराम गरी अहिले अमेरिका भ्रमणमा हुनुहुन्छ । तपाईकै आसेपासेको भनाई मान्ने हो भने, तपाईको यो भ्रमण ‘प्राज्ञिक’ हो । जसमा गैर आवासिय नेपालीको धेरै र थोरै तपाईको आफ्नै लगानी छ । ---एकाएक शान्तिवार्ता भएर तपाई सार्वजनिक हुनु भयो । तपाई भन्दा धेरै चर्चा तपाईको पूर्व अध्यक्षको भयो । उहाको हेयरस्टाइलका समेत समाचार बने । अधिकासं नेपालीका लागि तपाई र तपाईका अध्यक्ष जनताको नेता र देश बदल्न सक्ने व्यक्ति हुनुभयो । ---तपाईले गरेका कुरा सम्झदा अहिले पनि सिरिङ्ग हुन्छ । त्यो डर, त्यो त्रास अनि आज हो की भोलि भन्ने चिन्ता । त्यहि चिन्ता विच १७ हजार मध्ये केहिको त चिता समेत भेटिएन । ---तपाईले पहिलो संविधानसभा निर्वाचन पछि बिबिसिको साझा सवाललाई दिएको अन्तरवार्तामा ‘अढाई सय वर्ष देखिको सामान्तवाद र राजतन्त्र’ अन्त्य गर्ने पहिलो प्राथमिकता बताउनु भयो । सामन्तवाद के थियो थाहा भएन तर राजतन्त्र हट्यो । तर पछिल्लो समय तपाईको चालामाला हेर्दा ‘फेरी राजतन्त्र ल्याउनु पर्छ, यो त नेपालको इतिहास रहेछ’ भन्न नथाल्नु होला भन्ने ठाउ छैन । तपाईले किन ढिला गर्नु भयो । यतिका मान्छे मारिदैन थिए, यति परिवार रित्तिदैन थिए । थप पढ्न क्लिक गर्नुस .... https://bit.ly/2xkbg1M Last edited: 17-Sep-18 09:11 PM

bhugolpark · Sep 17, 2018 9:09 PM · 16,479 views

1 Reply

तपाई युरोप र अमेरिका घुमेर विश्व कसरी विकास भैरहेको छ भन्ने बुझ्रिहदा मेरो मनमा भने त्यो पहिलेकै ‘लालध्वज’ मात्र आउछ । त्यसैले यो सबै कुरा गरेको । तपाईकै उत्तर सुनेर मलाई यो कुरा गर्न मन लागेको हो । तपाईले रोपेको जनयुद्धका कारण १७ हजार मानिस मारिए भन्दा फिस्स हाँसेर ‘ठुलो परिवर्तनका लागि यस्ता बलिदान हुदो रहेछ’ भन्नु हुन्छ ।

Bhugolpark Pipalboat Revisited · Sep 18, 2018 8:22 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion