Police Asai Sharad Malla: राजधानीमा मात्रै ४५ दिनमा ४२ बलात्कार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कञ्चनपुर काण्डले देशनै चिन्तित भएको बेला बलात्कारका घटना भने झन बढेका छन् । निर्मलाको बलात्कार र हत्या भएयता ५२ दिनमा २२५ भन्दा बढी चेली बलात्कृत भएका छन् । महानगरीय प्रहरी कार्यालयका अनुसार ४५ दिनमा काठमाडौं उपत्यकामा मात्र ४२ महिलामाथि बलात्कार तथा बलात्कारका प्रयास भएको उजुरी परेको छ। साउन १ देखि भदौ २५ सम्म काठमाडौंमा मात्र बलात्कारका २८ घटना भएका छन्। त्यस्तै, ललितपुर र भक्तपुरमा सात सात घटना भएको छ।  कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या भएयता ५२ दिनमा मुलुकभर २२५ भन्दा बढी चेली बलात्कृत भएको छन्  ‘दिनमा चारदेखि पाँच महिला बलात्कृत भइरहेका छन्,’ प्रहरी प्रवक्ता शैलेश थापाले भने, ‘यकिन रिपोर्ट अझै संकलन गर्दै छौं।’, यो खबर आजको नयाँ पत्रिकामा छ । 

Ban Dana · Sep 16, 2018 10:44 PM · 13,033 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion