अस्ट्रेलियामा नेपालकै बेइज्जत हुनेगरी एक नेपालीले यस्तो गरे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं। अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ परेका छन् । केयरगिभर (घरमा अशक्तलाई सेवा गर्ने नर्स) को काम गर्ने नेपाली प्रकाश पौडेलले एक ८२ वर्षका वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन् । पौडेललाई तिनै वृद्धको हेरचाह गर्ने कामको लागि राखिएको थियो जसलाई उनले उल्टै निर्ममतापूर्वक कुटपिट गरे ।  ती वृद्धकी छोरीले भिडियो फुटेज सार्वजनिक गर्दै आफ्ना पितामाथि भएको अमानवीय व्यवहारको खुलासा गरेकी हुन् । पौडेललाई सिड्नीको नर्दर्न बिचेज क्षेत्रमा डेभिड नाबुल्सी नामका वृद्धको हेरचाह गर्न खटाइएको थियो । डेभिडकी छोरी आयडा सेलिनले उनलाई पिताको हेरचाह गर्ने जिम्मेवारी दिएकी थिइन् । बेलाबेलामा भेट्न आउने सेलिनले पिताको शरीरमा नीलडामहरु देखेपछि शंका लागेर पिताको कोठामा हिडन क्यामेरा जडान गरेकी थिइन् । सोही क्यामेरामा पौडेलले डेभिडलाई जुत्ताले कुटेको र कपडा तानेर बेडबाट लडाएको रेकर्ड भयो ।  डेभिड एड्भान्स डिमेन्सीयाबाट ग्रस्त थिए यही कारण उनको पूरै हेरबिचार होस् भनी उनलाई परिवारले नर्सको जिम्मामा केयर होममा राखेका थिए । तर, उनको हेरचाहको जिम्मा पाएकै प्रकाश पौडेलबाट उनीहरुको विश्वास तोडिएको हो । डेभिडकी छोरी सेलिनका अनुसार डेभिड आफ्नो पीडा बताउन र कसैलाई बोलाउन सक्ने अवस्थामा पनि थिएनन् । उनले पिताको शरीरमा नीलडाम देखेपछि क्यामेरा जडान गरेको बताइन् ।  प्रकाशले काम गर्ने एजेन्सीले उनलाई जागिरबाट निकालिदिएको छ । तर, यो उनले काम गर्ने एकमात्र ठाउँ भने होइन । उनी ह्वीलर हाइटको अर्को नर्सिङ होममा पनि पार्टटाइम काम गर्छन् । उनलाई नर्सिङ होमबाटै पक्राउ गरिएको छ । भिडियोमा हेर्नुहोस् उनले के गरेका थिए https://youtu.be/x2JhkoyTpoA http://www.dcnepal.com/nepali-... Last edited: 07-Sep-18 02:17 PM

ktmpost · Sep 7, 2018 2:16 PM · 51,841 views

4 Replies

Why don’t they show the real reason behind such frustated anger? Sand nigger, brown bastards, paki, go back to your country and bullshits that come out from white folks mouth everyday.

AdrianDaju · Sep 7, 2018 2:52 PM

Nobody should be looking for excuses for such an atrocity. The guilty should be punished.

ark · Sep 7, 2018 2:58 PM

This is abuse. He should have thought twice before doing this. I dont want my family to get abused like this no matter what kind of medical problem they have. No one deserve this. No matter what the story behind this, its the nepali guy's fault n i m sure he will spend some times in jail or get deported. I have been in healthcare field for abt 7 yrs n seen worse. He is just stupid n stupidity has no boundaries..

thapar20 · Sep 7, 2018 7:34 PM

निकै दुखद घट्ना | तर कारण जस्तो सुकै भए पनि आफ्नो मानबियता र पेश को सम्मान गर्दै एस्तो काम कदापी गर्नु नहुने थियो | मानव प्रबिती नै होला, कुनै एक जनाले केहि गल्ति गरेमा सोझै उसको सम्पूर्ण जात, समुदाय अनि देशसंगै गाँसेर हेरिने | सबै मुस्लिम = आतंकबादी भनेको जस्तो | तेस्तो सोच चाही कदापी ठिक होइन | आशा छ यो भिडिओ हेरेर सबै सबैले केहि पाठ अवश्य सिक्ने छन् |

SuperDad · Sep 8, 2018 12:18 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion