रु ३०० मै बिहे सम्पन्न भयो ... (तर .. )

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो सबै प्रोपगण्डा रहेछ -- एउटाले भनेको थ्यो -- नेपालाँ अधिकाँश चर्चित व्यक्तित्वहरू उत्तम सन्जेल मार्काकै हुन्। कम्बल अोढेर ग्वाम ग्वाम घिउ खान्छन्। भिडियो हेरेपछि समाचारमा आएको बिवरण पढ्नुहोस : https://www.youtube.com/watch?... दुलाहाको नाम : उत्तम सञ्जेल दुलाहाको काम : शिक्षा सेवा (जम्मा रु. १०० /– मा नर्सरीदेखि नर्ससम्म पढाउने समता शिक्षा अभियानका अभियन्ता । नेपालका ७७ जिल्लालगायत भारत, श्रीलंका, बंगालदेश गरेर करिब ६५ हजार गरिब बिद्यार्थीलाई सहज शिक्षा अभियान चलाई रहेका ) दुलहीको नाम : कला अधिकारी दुलहीको काम : बिरामीको सेवा (जम्मा रु. १००/– मा उपचार गरिने समता अस्पतालमा हेल्थ असिस्टेन्टको रुपमा कार्यरत ।) विवाहस्थल : गुहेश्वरी मन्दिर परिसर जन्ती संख्या : जम्मा १० जनामात्र (मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, उपेन्द्र महतो, गुणराज लुईंटेल, प्रतीक प्रधान, मनोज गजुरेल, सिताराम कट्टेल ।) विवाहको समय : ५ मिनेट) भोज : एक किलो लड्डु (स्पोन्सर्ड बाई मह जोडी) विवाहका बिशेषता : –परिवारका मान्छेहरु बोलाउँदा लेनदेनको कुरोपनि आउने भएकाले आपसी सहमतीमा वैवाहिक समारोहमा सहभागी नगराईएको । –दुलही पक्षले विवाहमा गर्न चाहेको खर्चलाई समता अस्पतालमा उपचार गरि औषधी समेत किन्न नसक्नेहरुलाई सहयोग गर्ने जानकारी । –दाईजोको रुपमा सिङ्गै छोरी नै पाएको हुनाले दुलाहा पक्षले ससुराली पक्षलाई आभार ब्यक्त गर्दै दाईजोको बिकृतिलाई ब्यवहारबाटै बिरोध गर्ने । विवाहमा भएको खर्च यस प्रकार रहेका छ । सिन्दुर – रु. २५ /– मात्र पोते – रु. ७५ /– मात्र माला (२)– रु. २००/– मात्र जम्मा खर्च– जाबो रु. ३००/– मात्र #उपरोक्त खर्चमा ट्याक्स र भ्याट जोड्ने/नजोड्ने सर्वाधिकार स्थानीय सरकारमा सुरक्षित छ । 😀

AnandNepal · Sep 6, 2018 5:58 PM · 4,566 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion