हेलिकप्टर चढेर काममा जान थालेपछि इमरान खानको आलोचना

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानको यात्रा गर्ने शैलीबारे अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ। उनले आफ्नो निजी निवासबाट १५ किलोमिटर पर रहेको प्रधानमन्त्री कार्यालय जान हेलिकप्टर प्रयोग गर्न थालेका छन्। कर्मचारीतन्त्र र नेताहरूलाई मितव्ययी बनाउन गरेको वाचासँग यो महँगो तरिका अमिल्दो रहेको भन्दै धेरैले खानको आलोचना गरेका छन्। सूचनामन्त्री फवाद चौधरीले प्रधानमन्त्री खानको प्रतिरक्षामा गरेको टिप्पणीको पनि सामाजिक सञ्जालमा खिसी गरिएको छ। नयाँ सरकार बनाउन इमरान खान अग्रसर इमरान खान प्रधानमन्त्रीमा चयन एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले हेलिकप्टर प्रयोग महँगो नभएको र प्रतिकिलोमिटर जम्मा ५५ रुपैयाँ पर्ने दाबी गरेका थिए। उनले खर्चको त्यस्तो हिसाब किताब गुगलमा देखेको बताएका थिए। हेलिकप्टरको प्रयोग त्यति सस्तो हुन्छ भनेर मानिसहरूले पत्याएनन्। सोमवारदेखि #Helicopter लेखेर मन्त्री चौधरीको दाबीको खिसी गर्दै हजारौँ ट्वीटहरू गरिएका छन्। له ټویټر تېر شئ د @nailainayat شمېره په مټ"); background-position: 16px 13px; border: 0px solid rgb(255, 255, 255); border-radius: 4px; font-weight: initial; margin: 10px 0px; padding: 0px; visibility: visible; display: block; position: static; transform: rotate(0deg); max-width: 100%; width: 500px; min-width: 220px;">View image on Twitter Naila Inayat ✔@nailainayat Breaking now!!! Imran Khan enroute from PM house to Banigala on his helicopter auto rickshaw. 12:37 AM - Aug 28, 2018 409 152 people are talking about this Twitter Ads info and privacy د ټویټر تبصرې پای د @nailainayat شمېره په مټ खर्च कति लाग्छ त? सूचनामन्त्रीको आलोचना युक्तिसङ्गत छ कि छैन होला? संक्षिप्त उत्तर दिनुपर्दा - हो, छ। बीबीसी उर्दूले गरेको खोजका अनुसार खानले प्रयोग गर्ने अगस्टा वेस्ट्ल्यान्ड एडब्ल्यू१३९ हेलिकप्टरलाई प्रतिकिलोमिटर चाहिने इन्धनको १३ डलर अर्थात् १६ सय पाकिस्तानी रुपैयाँ पर्छ। यो रकम चौधरीले दाबी गरेको भन्दा कैयौँ गुणा धेरै हो। फेरि यो सामान्य गणनामा हेलिकप्टर प्रयोग गर्दा हुने अन्य खर्च संलग्न गरिएको छैन।

Ban Dana · Sep 1, 2018 10:30 AM · 12,056 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion