प्रधानमन्त्रीलाई व्यङ्ग्य गरेको फोटो फेसबुकमा सेयर गर्ने पक्राउ - पाँचवर्षसम्म कैद हुन सक्ने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं । फेसबुकमा प्रधानमन्त्रीलाई व्यङ्ग्य गरिएको कार्टुन तथा तस्बिर सेयर गरेर भ्रम फैलाएको भन्दै एकजना सरकारी कर्मचारी पक्राउ परेका छन् । होमनाथ सिग्देललाई प्रहरीले काठमाडौंको बबरमहलबाट पक्राउ गरेको जनाएको छ । उनी काभ्रेमा सरकारी कर्मचारी रहेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरिएको विज्ञप्तिमार्फत जनाएको छ । उनलाई विद्युतीय कारोबार ऐनअनुसार मुद्दा चलाउने तयारी प्रहरीको छ । विद्युतीय ऐनअनुसार मुद्दा चलाएमा एकलाख जरिबाना र पाँचवर्षसम्म कैद हुन सक्ने व्यवस्था छ । प्रधानमन्त्रीलाई लक्षित गरी सामाजिक सञ्जालमा भ्रमपूर्ण, नकारात्मक दृष्टिकोणले अफवाह फैलाउने कार्यमा संलग्न रहेको भन्दै पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम उनलाई कारबाही हुने प्रहरी उपरीक्षक नरेन्द्र प्रसाद उप्रेतीले जानकारी दिएका छन् । http://baahrakhari.com/news-de...

ktmpost · Aug 21, 2018 2:41 PM · 20,425 views

3 Replies

You can do anything to Donald Trump's picture but not K.P Oli. This is the democracy we fought for.

dhoti_prasad · Aug 21, 2018 3:23 PM

Really? You fought for it ?

khaikhok · Aug 21, 2018 7:48 PM

@Khaikhok No. You fought for it. That's why you got arrested.

dhoti_prasad · Aug 22, 2018 11:25 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion