एसएलसीमा बोर्ड पाँचौ भएका विनोद चौधरीले पारिवारिक कपडा व्यापारको घेराबाट बढेर डिस्को खोले । एल्बम निकाले । फिल्म बनाए । वाइवाइ उत्पादन थाले । उनको चौधरी ग्रुप अहिले बैँक, बिमा, फाइनाँस र हाउजिङदेखि सफ्ट डिङ्क, बियर, चुरोट, खाद्यवस्तु र इलेक्ट्रोनिक सामग्री उत्पादनसम्म फैलिएको छ । उनले निजी क्षेत्रको पहिलो औद्योगिक पार्क “ गंगादेवी चौधरी उद्योग ग्राम” स्थापना गरेका छन् ।चौधरीले विदेशीसँगको साझेदारीमा दक्षिण तथा दक्षिणपूर्वी एसिया र मध्यपूर्वी होटल, रियलस्टेट र उत्पादनमुलक क्षेत्रमा लगानी गरेका छन् । भारतको ताज ग्रुप र थाइल्यान्डको इनभिजनसँग संयुक्त लगानी गरेको छन् । शाही परिवार, प्रधानमन्त्री तथा नेताहरुदेखि प्रभावशाली विदेशी व्यावसायिकहरुसम्मको उनको नालीबेली सम्बन्ध चाखलाग्दो छ । यो आत्मकथा विनोद चौधरी सँगसँगै नेपालको अग्रणी व्यापारिक घराना चौधरी ग्रुपको आरोह-अवरोहको गाथा हो ।'विनोद, मैले एपोलो स्टिलको सेयर गोल्छालाई दिने निर्णय गरेँ ।’'सरकार, यस्तो कसरी गर्न सकिबक्सिन्छ ?’'किन सक्दिनँ ?’ अधिराजकुमारी प्रेक्षाले हकार्नुभयो ।'यो उद्योगमा मेरो ५१ प्रतिशत सेयर छ, धीरेन्द्र सरकारले देखाइबक्सेको सदासयका कारण ४८ प्रतिशत सेयर दिएको हुँ मौसुफ कसरी एकैचोटि जसलाई पायो त्यसलाई सामेल गराउन सकिबक्सिन्छ ?’'हृवाट !’ उहाँले झोक्किँदै भन्नुभयो, 'सो यु आर गोइङ टु डिसओबे माई अर्डर ?’'म चाहेर पनि मौसुफको आदेश पालना गर्न सक्दिनँ सरकार ।’'हृवाट डु यु मिन ?’'मैले यो उद्योग चलाउन बैँकबाट ऋण लिएको छु । बैँकले मेरै नाममा ऋण दिएको छ ।’'सो हृवाट !’ उहाले अनुहार रातो पार्नुभयो ।बुवा तर्सिनुभएछ । हात समातेर मलाई रोक्न खोज्नुभयो । म रोकिइनँ
Ban Dana · Aug 17, 2018 12:23 AM · 8,723 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion