साम्राज्यवादको सामना गर्न प्रजग- कोरियासँग शक्तिशाली जुच्छे विचारधारा छ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रजग कोरियाबारे चासो राख्ने साथीहरूलाई जुच्छे विचारधाराबारे जानकारी हुनुपर्दछ । प्रजग कोरियालाई जुच्छे विचारधाराको घर पनि चिनिन्छ । प्रजग कोरियाका राष्ट्रपति किम इल सङले यो विचारधाराको प्रतिपादन गर्नुभएको हो । उहाँले प्रजग कोरियाको सामाजिक तथा राजनीतिक जीवनका हरेक पक्षमा जुच्छे विचारधारा खोपिदिनुभएको छ । प्रजग कोरियालाई बुझ्न जुच्छे विचारधारा बुझ्न आवश्यक छ । एकै वाक्यमा भन्नुपर्दा जुच्छे विचारधारा भनेको मानिस नै सबै कुराको मालिक र निर्णयकर्ता हो । जनता नै आफ्नो भाग्य र भविष्यको निर्माता हो । मानिसले अरुको भरमा होइन, आफ्नै खुट्टामा उभिएर आफ्नो भाग्य निर्माण गर्नुपर्दछ । त्यसकारण जुच्छे विचारधारा मानिसकेन्द्रित विचारधारा हो । प्रजग कोरियाको क्रान्तिकारी निर्माणको आधार भनेको जुच्छे विचारधारा हो । त्यही विचारधारामा आधारित रहेर कोरियाली जनता आफ्नो देशको क्रान्तिकारी निर्माणमा होमिएका हुन् । इतिहासको लामो यात्रामा प्रजग कोरियाली जनताले जापानी उपनिवेशवाद र संरा अमेरिका साम्राज्यवादविरुद्ध लामो सङ्घर्ष गरे । आज पनि प्रजग कोरियाली जनताले साम्राज्यवादविरोधी झण्डा फहराइरहेका छन् । यी सबै सङ्घर्षको आधार भनेको जुच्छे विचारधारा नै हो । जुच्छे विचारधाराजस्तो शक्तिशाली विचारधाराकै कारण साम्राज्यवादविरोधी सङ्घर्ष अपराजयी छ । प्रजग कोरियाले आजसम्म सङ्घर्षमा अघि बढ्न सक्नु र सफलता प्राप्त गर्न सक्नुका केही कारणहरू छन् । पहिलो, शक्तिशाली नेतृत्व । प्रजग कोरियामा आज बुद्धिमानी नेता किम जङ उनको नेतृत्व छ । उनको बलियो नेतृत्वका कारण प्रजग कोरियाले आज विश्व मञ्चमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सम्भव भएको हो । दोस्रो, शक्तिशाली विचारधारा । प्रजग कोरियाले हासिल गरेको सफलताको अर्को आधार भनेको शक्तिशाली जुच्छे विचारधारा हो । प्रजग कोरियाको सामाजिक र राजनीतिक बन्दोबस्त जुच्छे विचारधारामा आधारित भएकैले यो अपराजयी छ । तेस्रो, प्रजग कोरियामा कोरियाली जनता, कोरियाली मजदुर पार्टी र कोरियाली जनसेनाबीचको एकमनको एकता छ । चौथौ, प्रजग कोरियामा जनतामा आधारित कार्यक्रमहरू छन् । प्रजग कोरियामा बन्ने हरेक सरकारी कार्यक्रम जनताकै हितमा बन्ने गरेको छ । प्रजग कोरियाको सामाजिक बन्दोबस्तबारे केही चर्चा गरौं । प्रजग कोरियामा सबै तहको शिक्षा निःशुल्क छ । सबैले कक्षा १२ सम्म अनिवार्य रुपमा पढ्नैपर्छ । त्योभन्दा माथिको शिक्षा पनि पूर्णतः निःशुल्क बन्दोबस्त गरिएको छ । राज्यले नै त्यसको बन्दोबस्त गर्दछ । स्वास्थ्य सेवा पनि निःशुल्क छ । प्रजग कोरियामा सबै जनताको आफ्नै घर हुन्छ । कसैको घर नभए उसलाई घर बनाइदिने जिम्मा राज्यको हो । जनताको दैनिक जीवनमा आवश्यक वस्तु सबै सुपथ मूल्यमा राज्यले नै उपलब्ध गराउने बन्दोबस्त छ । त्यहाँको सामाजिक सुरक्षा व्यवस्था माथिल्लो स्तरको छ । धनी र गरीबबीच प्रजग कोरियामा कुनै भेद छैन । सामाजिक, आर्थिक र राजनीतिक गतिविधिमा सबै नागरिक समान रुपमा सहभागी हुन पाउँछन् । प्रजग कोरियामा आतङ्कवाद, सङ्गठित अपराध, वेश्यावृत्ति र तस्करीजस्ता समस्या छैनन् । हाम्रो देशलाई सुन्दर र सफा देश बनाउन हामी मिहिनेत गरिरहेका छौं । आफ्नो देशप्रति प्रजग कोरियाली जनता गौरव गर्छन् । देशको सार्वभौमिकता रक्षाको लागि प्रजग कोरियाली जनता ज्यान दिन पनि तयार छन् । साम्राज्यवादी शक्तिले प्रजग कोरियालाई ध्वस्त बनाउन अनेकन हमला र हस्तक्षेप ग¥यो । तर जनता–पार्टी–सेनाबीचको एकमनको एकता साम्राज्यवादको प्रतिरोध गर्ने शक्तिको स्रोत हो । प्रजग कोरिया राजनीतिक र सैनिक शक्ति हो । अब प्रजग कोरियालाई आर्थिक शक्तिको रुपमा विकास गर्न खोजिरहेको छ । अब हामी आर्थिक विकासमा जोड दिइरहेका छौं । संयुक्त राष्ट्र सङ्घ र संरा अमेरिकाले प्रजग कोरियामाथिको नाकाबन्दी अझ कडा बनाएका छन् । तर हामी नाकाबन्दीको सामना गर्दै आर्थिक विकासमा अघि बढ्न खोजिरहेका छौं । कुनै पनि साम्राज्यवादी नाकाबन्दीको प्रजग कोरियाले सामना गर्नेछ । हामीसँग भएको विचारधाराले हामीलाई शक्तिशाली बनाएको छ । जुच्छे विचारधाराले हामीलाई आफ्नो खुट्टामा उभिन सिकाएको छ । प्रजग कोरियाबारे पश्चिमा सञ्चारमाध्यमले झूटा प्रचार गरिरहेका छन् । सचेत जनता झूटा प्रचारको पछि लाग्ने छैन । अहिलेको परिस्थिति प्रजग कोरियाको अनुकूल छ । संरा अमेरिकी नीतिका कारण अघिल्लो वर्ष परिस्थिति प्रतिकूल थियो । विदेशी मित्रहरू प्रजग कोरियाको भ्रमण गर्न तयार थिएनन् । तर आज त्यस्तो परिस्थिति छैन । यो वर्ष अन्तरकोरियाली शिखर सम्मेलन पनि सम्पन्न भयो । प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उनले तीनपटक चीनको भ्रमण गर्नुभयो । दोस्रो विश्वयुद्धपछि चीन गृहयुद्धमा थियो । कम्युनिष्ट पार्टी र कोमिङताङबीच लडाई भएको थियो । त्यत्तिबेला चीनमा कम्युनिष्टहरूको पक्षमा कोरियाली सपुतहरू लडेका थिए । पछि सन् १९५०–५३ सम्म भएको कोरियाली युद्धमा कोरियाली जनताको पक्षमा चिनियाँ सपुतहरू लडेका थिए । चीन र प्रजग कोरियाबीचको सम्बन्ध अहिले पनि प्रगाढ छ । जून १२ मा सिङ्गापुरमा प्रजग कोरिया र संरा अमेरिकाबीच ऐतिहासिक शिखर सम्मेलन भयो । हामी संरा अमेरिकासँग होशियारीपूर्वक सम्बन्ध अघि बढाइरहेका छौं । जापान प्रजग कोरियाको विकास भएको मन पराउँदैन । भौगोलिक रुपमा जापान ५०० किमिमात्र टाढा छ । तर प्रजग कोरियाली जनता जापानलाई मन पराउँदैनन् किनभने जापानले प्रजग कोरियामाथि ४० वर्षभन्दा लामो समय उपनिवेश शासन ग¥यो । त्यत्तिबेला जापानले कोरियाली जनतामाथि गरेको अत्याचारको जापानले अहिलेसम्म स्वीकारेको छैन । प्रजग कोरियाले संसारका विभिन्न देशसँग आर्थिक सम्बन्ध विकास गर्ने प्रयास गरिरहेको छ । संसारभरका जनताले प्रजग कोरियाली जनताप्रति ऐक्यबद्धता व्यक्त गरिरहेका छन् । भक्तपुर म पहिलो पटक आएको हुँ । समय अभावका कारण मैले छोटो समयमात्र घुम्न पाएँ । तर यो छोटो भ्रमणमै मैले भक्तपुरको सौन्दर्य महसुस गरें । यो अवसरको लागि नेमकिपा र पार्टी अध्यक्ष नारायणमान बिजुक्छेंप्रति आभार व्यक्त गर्दछु । (२०७५ साउन २२ गते कोरिया पुनःएकीकरण सहयोग समितिको आयोजनामा ‘साम्राज्यवादविरोधी सङ्घर्षमा प्रजग कोरिया’ विषयक विचार गोष्ठीमा व्यक्त विचारको सार–सङ्क्षेप ।)

huippa · Aug 8, 2018 9:45 PM · 6,010 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion