३३ किलो सुन प्रकरणमा ठूला माछा भनिएकाहरु ओलीकै मान्छे भएको पुष्टि, गृहमन्त्री बादल परे जिल्ल प्रधानमन्त्री केपी शर्मा अाेलीले ३३ किलो सुन तस्करी प्रकरणमा भटाभट अाफ्नै मान्छेहरू गिरफ्तार पर्न थालेपछि साे कामलार्इ तत्काल स्थगित गर्न अवैध सुन ‘छानबिन गर्न गठित समिति’लार्इ ठाडाे निर्देशन दिएका छन् । छानबिन समितिले प्रधानमन्त्री अाेलीकाे चरम असन्तुष्टीपछि थप अनुसन्धान समेत रोकेको छ। याे बीचमा समितिका पदाधिकारीले अनुसन्धान प्रक्रिया अघि बढाउन अन्य आरोपितहरूलाई पनि गिरफ्तारी गनुपर्ने प्रधानमन्त्रीसँग अाग्रह गरेकाे थिए । अनुसन्धान समितिले हुन्डी तस्करी आरोपमा संलग्न विमल पोद्दार पक्राउ परेपछि अाेलीको संरक्षणमा रहेका भनिएका केही व्यक्तिहरुलाई पक्राउ गर्नुपर्ने आग्रह गरेको थियो । तर समितिको उक्त अाग्रहलार्इ अाेलीले अस्वीकार मात्र गरेनन् समितिको कामप्रति नै चरम असन्तुष्टि प्रकट गरे । प्रधानमन्त्री अाेली नै सुन तस्करीका ठूला माछालार्इ समाउनका लागि बाधक भएपछि अनुसान्धानका सारा काम नै राेकिएकाे छ । प्रधानमन्त्री अाेलीको असन्तुष्टिपछि समितिले उक्त अवैध सुन प्रकरणको थप अनुसन्धानका साथै तत्काल पक्रनु पर्नेहरूलाई तत्काल स्थगित समेत गरेकाे छ । अाेलीले अहिले सुन तस्करीमा रहेकाहरूलार्इ गिरफ्तार गर्नुभन्दा अनुसन्धान प्रतिवदेन बुझाउन समितिका प्रतिनिधिहरूलार्इ निर्देशन दिएका छन् । त्यहीअनुरूप समिति अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा जुटेको बुझिएकाे छ । यसबारे गत असार ११ गते बेलुकी प्रधानमन्त्री ओलीसँग भेट गरी समितिका संयोजक गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलसहितले समितिको कामकारबाहीबारे जानकारी गराएका थिए। प्रधानमन्त्रीसँगकाे भेटमा समितिले करिब दुई घन्टा बिफ्रिङ समेत गरेकाे थियाे । यता गृहमन्त्री रामबहादुर थापा बादलले सुन तस्करीमा ठूला माछाहरू जसरी पनि समात्ने भनेर अड्डी लिइरहँदा प्रधानमन्त्री अाेलीकाे याे पछिल्लाे निर्देशनले सबै अनुसन्धान काम राेकिन पुगेपछि बादल जिल्ल परेका छन् । यी घटनाक्रमले याे देखाउँछ छकि प्रधानमन्त्री अाेली नै सुन तस्करीमा रहेका ठूला माछाहरूकाे संरक्षणामा छन् । उनकै मान्छेहरू भटाभट पक्रन थालेपछि उनकाे निर्देशनमा सबै राेकिन पुग्नुले अाेलीकाे सुशसान र पारदर्शीताकाे झनै पर्दाफास हुन पुगेकाे छ । http://www.janapati.net/news/3...
ktmpost · Aug 2, 2018 7:52 AM · 104,623 views
भिडियो रिपोर्ट : https://www.youtube.com/watch?...
AnandNepal · Aug 11, 2018 12:25 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion