अमेरिका (ओक्लोहोमा) – अमेरिकाको ओक्लोहोमा राज्यस्थित ग्यांस स्टेशनमा अश्वेत जातीको लुटेराको गोली प्रहारबाट एक नेपाली महिला गम्भिर घाइते भएकी छिन् । गएराती करिब सवा १२ बजेतिर ग्यांस स्टेशनमा काम गरिरहेका बेला आएको लुटेराले अन्धाधुन्द गोली चलाउंदा नेपाल गोरखा घर भएकी रचना श्रेष्ठ गम्भिर घाइते भएको घाइते रचनाका श्रीमान कपिल श्रेष्ठलाई उदृत गर्दै पत्रकार गुनराज लुइटेलले बताएका छन् । घाइते रचनालाई ८ वटा गोली लागेको तथा उनको स्थानीय सेन्ट फ्रान्सीस हस्पिटलमा उपचार भइरहेको र अवस्था गम्भिर रहेको बताइएको छ । गोली हान्ने व्यक्ति पक्राउ परिसकेको बुझिएको छ । ८ गोली लागेर गम्भिर घाइते बनेकी रचनाका ४ वटा गोली निकाली सकेको बताइएको छ । घटनावारे थप जानकारी आउन बांकी छ । घाइते रचनाका साढे २ बर्षको छोरा छन् । केही दिन अघि मात्रै भर्जिनियाको एक ग्यांस स्टेशनमा लुटेराले आक्रमन गर्दा रेशम बजगाईको ज्यान गएको थियो । http://www.himalpationline.com... Help with fundraiser at gofundme https://www.gofundme.com/help-...
ktmpost · Jul 25, 2018 2:55 PM · 5,285 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion