July 24, 2018 4:34 am supernepali 140 काठमाडौं – अमेरिकाको बोस्टनमा ‘अन्जु पन्त सुमधुर सन्ध्या बोस्टन’ सम्पन्न भएको छ। २२ जुलाई अर्थात् आइतवार साँझ सम्पन्न उक्त सुमधुर सन्ध्या भव्य रुपमा सफल भएको कार्यक्रम संयोजक सुरेश वाग्लेले नेपाली वेबसाइटलाई जानकारी गराए। संयोजक वाग्लेले छोटो समयको तयारीमा पनि एतिहासिक कार्यक्रम सम्पन्न गर्न पाएकोमा निकै खुसी लागेको बताए । अमेरिका स्थित बोस्टनको आर्लिंगटन शहरको ‘रिजेन्ट थिएटर’सम्पन्न उत्त सुमधुर सन्ध्यामा बोस्टन आसपासका नेपालीहरूको वाक्लो उपस्थिति रहेको थियो। गायिका अन्जु पन्तको तेस्रो एकल गायन साँझका रूपमा सम्पन्न सुमधुर सन्ध्यामा उनले ‘न बिर्सें तिमीलाई’, ‘पूर्व पश्चिम रेल’, ‘सुर्के थैली खै’, ‘म यस्तो गीत गाउँछु’, ‘भन्छु आज’, तिमी रोएको पल’ ‘दिल यो मेरो दिल’, कहाँ थियौ तिमी’ ‘कसले चोर्यो मेरो मन’ ‘तिमीलाई पाउने मेरो’ ‘छुट्यौँ भने रुनु पर्ला’ ‘सागर सरी चोखो माया’ ‘वस्नत नै बस्न खोज्छ’ ‘मलाई बाँसुरीले रुवायो’ ‘अँधेरी जस्तै जूनविनाको’ ‘कहाँ थियौ तिमी रङ्ग मञ्च छुटेपछि आयौ’ ‘मायामा धोका पाएँ र त गजलकार भएँ’ ‘आहा वनमा फूल्यो फूलैफूल’ ‘चरी चट्टपरी भुरुरु’ ‘पिरमा पनि हाँस्न सक्छे एउटी छोरी मान्छे’ ’जिन्दगी यो फूलैफूलको’ ‘एकै छिन तिमी’ रै’छौ रनै पर्ने’ ‘मैले तिमीलाई चाहेर पनि’ ‘तिम्ले पराई ठानेपछि’ ‘कर्कलो गाभा’ ‘पानीको थोपा हूँ म’ ‘सम्झे पनि तिम्रो याद’ लगायत दुई दर्जन गीत गजल सुनाएर साङ्गीतक साँझलाई भव्य र सभ्य बनाएकी थिइन्। गायिका अन्जुको उक्त एकल साझमा सारङ्गीमा श्याम नेपाली, तवलामा सागर खतिवडा, बाँसुरीमा रञ्जन बुढाथोकी, ढोलकमा राज कपुर, ड्रममा उज्वल धौभडेल, किवोर्डमा अनुप भण्डारी, गीतारमा शैलेन्द्र सिंह, गीतारमा शुसिल घिमिरे, मादलमा अनुभव थपलियाले र प्रविन परियारले गायनमा साथ दिएका थिए। आधुनिक र पाश्र्वगायनमा ख्याती प्राप्त गायिका अन्जुको अमेरिकामा यो नै पहिलो एकल गायन साँझ हो। कार्यक्रममा गायिका अन्जु पन्तलाई हिमालयन हेरिटेज कल्चरल एकेडेमीका अध्यक्ष सुरेश वाग्ले र ग्रेटर बोस्टन नेपाली कम्युनिटीका अध्यक्ष विष्णुमणी अाचार्यले सम्मान समेत गरेका थिए । हिमालय हेरिटेज कल्चरल एकडेमीको आयोजनामा सम्पन्न उक्त कार्यक्रम निकै उत्कृष्ट भएकोमा आफू निकै खुसी भएको गायिका अन्जुले नेपाली वेबसाइटलाई बताइन्। नेपालबाट कयौँ टाढा रहेको देशमा पनि नेपाली दर्शक र स्रोताहरूले नेपाली गीतसङ्गीतप्रति देखाउनु भएको मायाले आफू धेरै नै धन्य रहेको अन्जुको भनाई छ। उनले कुरागर्दै भनिन्, ‘प्राविधिक कठिनाइ र समयको व्यस्ताका कारण दर्शकको चाहाना र माग अनुरुप अन्तरतवार्ता र सञ्चारमाध्यममा मेरो उपस्थिति न्युन भएता पनि बोस्टनमा बस्नु हुने दर्शकका लागि प्रत्यक्ष उपस्थिति भएर मनोरञ्जन प्रदान गर्ने मौका पाएँ । यसप्रति यस एकल गायन साँझ आयोजक प्रति आभारी छु। विगत केही बर्ष यता ‘अन्जु पन्त फाउन्डेसन’ नामक सामाजिक संस्थामार्फत् समाजसेवामा आवद्ध अन्जुले उक्त आयोजित एकल साँझबाट प्राप्त आम्दानीलाई पनि उक्त फाउन्डेसन मार्फत् सामाजिक सेवमा नै प्रयोग गर्ने अठोट समेत गरिन्। http://nepaliwebsite.com/anju-...
Sajha Info · Jul 25, 2018 2:47 PM · 15,320 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion