I guess, spamming with too many threads with my stuffs is not a good idea. So, I will share all of my thoughts in this thread. I hope people will be happier that way. https://www.youtube.com/watch?... मिस भुटान युयसमा किन नेपालि युवति हरु मात्रै छन? (आनन्दको कुरा - भिडियोको स्क्रिप्ट ड्राफ्ट) जुलाइ २२, २०१८ मा ग्रेटर कोलम्बस कन्भेन्सन सेन्टरमा सम्पन्न भएको कार्यक्रममा मिस भुटान युस २०१८ चुनिएकि छिन प्रतियोगि नम्बर ८ सुचिता प्रधान। मिस भुटान युयस, नेपालि नाम छ अनुहार पनि नेपालि जस्तै छ । अभिनेत्रि प्रियंका कार्किको कोरियोग्राफिक्मा सम्पन्न भएको सो प्रतियोगिता सबै प्रतियोगि नेपालि जस्तै छन - कोलम्बस ओहायोकि सितल अधिकारि, नर्थ डेकोटाकि निशा आचार्य, ओहायोकि निर्मला दहाल, ओहायोकै नर्वदा गौतम, पेन्सिलभेनियाकि मोनिका सरु, म्यासेचुसेट्सकि कुमारि माझि, पेन्सिलभेनियाकि गंगा दुलाल, न्यु योर्ककि दुर्गा कटेल, कोलोराडोकि बिनिता देउरालि, नेब्रास्काकि अश्मिता सुब्बा, अनि उपाधि जित्ने नर्थ क्यारोलाइना कि सुचिता प्रधान - यि सबै ११ जना प्रतियोगिहरु नेपालि जस्तै छन । भुटानका भन्ने बित्तिकै भोटबाट झरेका बख्खु लगाएका युवति हुनु पर्ने होइन भनेर धेरैले सोध्छन । यो बर्षको मात्रै होइन सन २०१४मा शुरु भएको यो प्रतियोगितामा कोरियोग्राफि गर्ने सबै नेपालकै सेलिब्रेटि थिए भने प्रतियोगिहरु पनि अहिलेकै जस्तै नेपालि नाम भएका युवतिहरु थिए - ल हेर्नुस : सन २०१४ मा भएको पहिलो मिस भुटान युसको उपाधि प्रक्रिति राइले जितिन । त्यस बर्षका प्रतियोगिहरुलाइ मिस नेपाल २००२ माल्भिका सुब्बाले कोरियोग्राफि गरेकि थिइन । त्यसपछि सन २०१५ मा भएको दोश्रो मिस भुटान युस प्रतियोगितामा मिस नेपाल २०११ मलिना जोशिले कोरियोग्राफि गरेकि थिइन भने सो प्रतियोगिता नुमा लिम्बुले जितेकि थिइन । अनि सन २०१६ मा भएको मिस भुटान युएस को तेस्रो संस्करणमा बिमला सिवाकोटिले उपाधि जितिन अनि प्रतिस्पर्त्धिहरुलाइ कोरियोग्राफि गरेकि थिईन नेपालि अभिनेत्रि प्रियंका कार्किले । त्यसपछिका २०१७मा भएको चौथो मिस भुटान युएस र अहिले भर्खर भएको पाँचौं संस्करणमा पनि प्रियंकाले नै कोरियोग्राफि गरेकि हुन । अघिल्लो बर्ष आरति घिसिंग तामांग ले उपाधि जितिन भने अहिले सुचिता प्रधानले । यसरि हेर्दा मिस भुटान युएस नेपालि युवतिहरुकै प्रतियोगिता होला कि भन्ने शंका लाग्न सक्छ । तर त्यसो होइन । यि सबै भुटानि युवतिहरु हुन । भुटानले नागरिकता नदिएर लखेटेका भुटानि युवति हरु । अझ त्यो भन्दा पनि दुखको कुरा - यि नेपालि मुलका युवतिहरु हुन जसलाइ भुटानले त अन्याय गर्यो गर्यो नेपालले त झन ठुलो अन्याय गरेका युवति हुन। पहिले देखि नै अतिथिलाइ देवता मान्ने हाम्रो संस्कारको बिपरित । हाम्रो आँफ्नै स्थापित मान्यताको बिपरित । दुखमा परेका आँफन्तलाइ हामि आँफैले झन दुख दिएका भुटानि युवतिहरु हुन यि । शरणमा आएकालाइ शरण दिन पनि कन्जुस्याइ गरिएका। आँफ्ना भनेर आएकालाइ दुत्कारिएका, यि प्रतियोगिहरुसंग त हामिले सरि भन्नु पर्ने हो, माफि माग्नु पर्ने हो। यो कुरा अझै पनि धेरैले बुझेकै छैनन । तेसैले पुरनो कुरा एकपट फेरि कोट्याउने जमर्को गरेको छु । .... What do you think guys?? https://www.youtube.com/watch?... Last edited: 25-Jul-18 06:11 PM
AnandNepal · Jul 24, 2018 3:11 PM · 24,470 views
(आनन्दको कुरा - भिडियोको लागि स्क्रिप्ट पहिलो ड्राफ्ट) बिवादास्पद अभिब्यक्ति दिने कानुन मन्त्रिले रुंदै राजिनामा दिंदा उनको जस्तै अभिब्यक्ति दिने दुर्गा प्रसाइ लाइ कुनै कारवाहि भएन!के उनि चाँहि कानुन भन्दा माथिका ब्यक्ति हुन त ? कानुन मन्त्रिले रुंदै राजिनाका दिए दुर्गा प्रसाई लाइ कानुन लागेन बंगलादेशमा अध्ययन गर्ने नेपालि एम्बिबियस विद्यार्थीहरूबारे बारेमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रि शेरबहादुर तामांगले बोलेको यस्तो आपत्तिजनक अभिव्यक्ति दिएको कारण आलोचित बनेका उनले राजिनामा दिएको घोषणा गरेका छन, एक पत्रकार सम्मेलन गरेर । मन्त्रि तामाङलाइ सोमबार बेलुका बसेको नेकपा सचिवालय बैठकले पद त्याग्न निर्देशन दिएको थियो। तामाङले पद त्यागे पछि मानिसहरुको ध्यान तेस्तै अभिब्यक्ति दिने बिएण्डसि मेडिकल कलेजका संचालक दुर्गा प्रसाइ माथि तानिएको छ । अब प्रश्न उठ्छ, के प्रसाइ चाँहि कानुन माथि छन त ? भिडियो : https://www.youtube.com/watch?...
AnandNepal · Jul 24, 2018 11:53 PM
एकचोटीको नेपाली सँधैको नेपाली - राजेशहमाल महानायक हमाल बेलायतका ‘म अनि मेरो मातृभूमि’ विषयक एक अन्तरक्रियाका लागि बेलायत पुबेका थिए । टिडवर्थमा बसोबास गर्ने नेपालि बिच हमाल प्रमुख आकर्षण पनि बनेका थिए - उनले नेपालि ‘विदेश जहां बसेपनि मनोविज्ञान र भावना आफ्नै राष्ट्र र समाजसंग गांसिएको हुन्छ ।’ भन्दै विदेश बस्ने नेपालीले नै मातृभूमिको समृद्धि र समुन्नत समाज बनाउन ठुलो योगदान दिएको बताए । उनले भने - राज्यले स्वीकारोस् नस्वीकारोस्, पछिल्लो करिब तीन दशकमा नेपालको आर्थिक उन्नति, जीवनस्तर र दैनिकी परिवर्तन गर्न विदेशिएका नेपालीको ८० प्रतिशत योगदान छ। उनको भनाइ सुन्नुहोस : https://www.youtube.com/watch?...
AnandNepal · Jul 26, 2018 9:27 AM
डा. उपेन्द्र देवकोटाको सम्झनामा https://www.youtube.com/watch?...
AnandNepal · Jul 26, 2018 6:24 PM
अमेरिकाको क्याबिनेट मिटिंगमा कम्प्युटर प्रयोग हुँदैन - नेपालमा ढाँचा बढि भन्ने आशयको बिचार राख्नु भयो पत्रकार दिल निशानि मगरले । उहाँलाइ त म्याकबुकमा गोप्य चिप्स राखिएको हुन सक्नेमा पनि शंका गर्नु भएको रहेछ । यो अमेरिकाको राष्ट्रपतिले यस्तै गोप्य सुचना बाहिरिने डरमा इलेक्ट्रोनिक्स डिभाइस प्रयोग गर्न पाउँदैनन । राष्ट्रपति चुनिएपछि बाराक ओबामाले आँफ्नो ब्ल्याकबेरि फोन प्रहोग गर्न पाउन त्यहाँको गुप्तचर बिभागसंग लड्नु परेको थियो । तेस्तै त्यहाँको क्याबिनेट मिटिंग्मा कम्प्युटर प्रयोग हुँदैन । तेस्तै इन्टरनेटमा फेला परेको फोटोहरुमा बेलायतमा पनि कम्प्युट्र प्रयोग नहुने, भारतमा पनि प्रयोग नहुने देखिन्छ । हुन त भारतको एक प्रान्तमा ४ बर्ष अघि नै पेपरलेस क्याबिनेट बैठक बसेको समाचार फेला परे पनि केन्द्रिय राज्यमा भने अझै पनि कागज कपि नै प्रयोग हुने देखिन्छ । नेपालका सरकारि वेबसाइट बारंबार ह्याक भइ रहेको हामिले देखेको भोगि रहेकै हो । यसले , नेपाल अझै पनि सुचना प्रविधिको सुरक्षामा शशक्त हुन सकेको छैन भन्ने देखाउँछ - तर, सुचना लिक होला भनेर नयाँ टेक्नोलोजिले दिने सुविधा उपयोग गर्न चुक्न भने हुँदैन । बरु, सार्वजनिक हुन नहुने सुचनालाइ कम्प्युटर सिस्टम भन्दा बाहिरै राखेर न्याँ सुविधा प्रयोग गर्न सरकार सचेत होला भन्ने आशा र माग गरौं । https://www.youtube.com/watch?...
AnandNepal · Jul 29, 2018 8:03 AM
रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर मानिने रविना देशराज श्रेष्ठ ले भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी थिइन । त्यस पछि उनले स्ट्याण्डर्ड चार्टर्ड बैंक र नबिल बैंकमा समेत काम गरिसकेकी छिन् । रविना आकर्षक अनुहारका साथै फेसन गर्न मन पराउने महिला हुन। ५ फिट ६ इन्च अग्लि रविनालाइ बैंकिंगका साथै अभिनय र मोडलिंगमा पनि रुचि छ । तेसैले रविनाले एक फिल्ममा अभिनय पनि न्गरेकि थिइन । अभिनेत्रि नम्रता श्रेष्ठले निर्माण गरेको फिल्म सोल सिस्टरमा नम्रताको आण्टिको भुमिकामा रविना देखिएकि थिइन । तर,सो फिल्म सफल भने हुन सकेन । उनले भवेन्द्र जोशि संग बिवाह गरेकि थिइन । सोहि बैवाहिक सम्बन्ध बाट दुइ छोरा आयुष्मान र आशिरमानलाइ जन्म दिएको भए पनि अहिले भने उनि एकल महिलाको रुपमा दुइ हुर्किसकेका छोराहरुको अभिवावकको भुमिका निभाइ रहेकि छिन् । https://www.youtube.com/watch?...
AnandNepal · Aug 5, 2018 2:07 PM
दुइ दुइ चोटि राजा बनेका ज्ञानेन्द्र जन्मदा नै ज्योतिषले अनिष्ट हुने संकेत देखिसकेका थिए। इस्वि संबत १९४७ को ७तौं महिनाको ७औं दिनमा आमा इन्द्रराज्यलक्ष्मी शाहको कोखवाट चौथो संतानको रुपमा ग्यानेन्द्र जन्मेका थिए । त्यो बेलाका राजज्योतिषले ग्यानेन्द्र जन्मनु अपशकुन भएको भनेका थिए। https://www.youtube.com/watch?...
AnandNepal · Aug 6, 2018 12:59 AM
यो पहिलो भिडिओ यो २० मिनेट भन्दा लामो समय पनि धेरै लाग्यो -- धेरै कुरा एकै ठाउँमा कोचे जस्तो भएको छ । यस भित्र १) लेण्डुप दोर्जेको जिवनि (सिक्किमलाइ भारतमा बिलय गराउने नेताको जिवनि) २) भारतिय हस्तक्षेपको नालिबेलि (नेपाललाइ कसरि भारतले निल्न लागेको थियो) ३) ४) के हामि पनि "भारतिय" हुन्छौं होला ? हाम्रा लेण्डुप को को होलान ? ओलि, प्रचण्ड, बाबुराम, देउवा ? https://www.youtube.com/watch?...
AnandNepal · Aug 8, 2018 7:10 PM
मदन को पिडा https://www.youtube.com/watch?...
AnandNepal · Aug 9, 2018 11:00 PM
श्रिको निधन भएको ४ बर्ष भयो यस बिच स्वेतामा कस्तो परिवर्तन आयो -- श्रिको सम्झना ! https://www.youtube.com/watch?...
AnandNepal · Aug 10, 2018 9:03 AM
https://www.youtube.com/watch?... ***यो आनन्द को कुरा को भिडियो स्क्रिप्ट को पहिलो ड्राफ्ट हो - भिडियोको स्क्रिप्ट परिस्कार गरिएको हुन सक्छ *** नेपलि फिल्म क्षेत्रकि एक भुतपुर्व अभिनेत्रि युना उप्रेति आमा बन्दै छिन । ६ बर्ष एक सांस्क्रितिक कार्यक्रमको लागि भन्दै अमेरिका उडेकि युना अमेरिका जानु अघि नै नेपाल नफर्कने चाँजोपाँजो मिलाएर गएकि थिइन । उनको अमेरिकामा बायो-केमेस्ट्रिका बिषयमा पिएच डि गरिरहेका बिकास अधिकारिसंग अफेयर रहेको थियो अनलाइनमा । अमेरिका पुगेको ४-५ महिना पछि युना र बिकासले कोर्ट म्यारिज गरेका थिए । नाम Yamuna Upreti भए पनि फिल्म क्षेत्रमा युनको नामले चर्चित रहेकि यि अभिनेत्रिले अमेरिका जानु अघि करिव आधा दशक नेपालि फिल्म क्षेत्रमा सक्रिय रुपमा काम गरेकि थिइन । उनले अभिनय गरेका फिल्महरुमा त्रिशुल, फर्ज, लावारिस, पहिलो पहिलो माया आदि छन । आँफु गर्भवति भएको खवर दिंदै युनाले अंग्रेजिमा लेखेको भनाइको नेपालि उल्था यस्तो हुन्छ - "मेरो बच्चाले एउटि आमालाइ जन्माइसक्यो - यो नै मेरो लागि सबै भन्दा ठुलो आश्रिवाद हो। यसले ममा धेरै परिवर्तन ल्याइ सकेको छ । मैले म भित्र धेरै शक्ति, सुन्दरता र प्रेम भेटिसकेकि छु।" उनले आँफ्नो गर्भावस्ता २५ सौं हप्तामा चलिरहेको बताएकि छिन ।
Anandnepal · Aug 16, 2018 2:15 AM
हाम्रा पुलिसले जबरजस्ति अपराध गरेको प्रमाणित गरिदिन्छन -- सजिलै हेर्नुस : (पुरै विवरण तल पढ्नुहोला) https://www.youtube.com/watch?... यस अघि चिनमा र ताइवानमा गलत आरोपले फाँसि दिएका घटना हेर्नुहोस https://www.youtube.com/watch?... यसरि माग गरि रहेका छन फाँसि दिने कानुन : https://www.youtube.com/watch?... २१ भदौ, काठमाडौं । गोंगबुस्थित अस्थाई प्रहरीचौकीमा कार्यरत प्रहरी जवान मदननारायण श्रेष्ठ एकाबिहानै ड्युटी जाने तर्खरमा थिए । वडा प्रहरी कार्यालय महाराजगञ्जबाट उनी गोंगबु सरुवा भएको एक हप्ता पनि बितेको थिएन । हतार-हतार जुत्ता पालिस गरेर युनिर्फम मिलाइरहेका बेला बिहान करिब १० बजेतिर उपत्यका अपराध अनुसन्धान शाखा, हनुमानढोकाबाट एउटा टोली प्रहरी जवान श्रेष्ठको घरमा पुग्यो र उनलाई नियन्त्रणमा लियो । श्रेष्ठले केही मेसो पाएनन् । उनलाई त्यहाँ बोल्न पनि दिइएन । ‘गोगंबुबाट हनुमानढोकाको अँध्यारो कोठामा पुर्याइसक्दा पनि मैले केही बुझ्नै सकेको थिइनँ,’ श्रेष्ठ भन्छन्, ‘तर आफूले कुनै गल्ती नगरेकाले ढुक्क थिएँ ।’ त्यो ०६० कात्तिक १० गते बिहानको घटना थियो । त्यसको दुई दिनअघि कात्तिक ८ गते गोंगबुमै रहेको न्यू पर्वत लेसपार गेष्टहाउसमा जबरजस्ती करणीपछि हत्या भएको घटनाको विषयमा सोधपुछ गर्न आफूलाई त्यहाँ ल्याइएको थाहा पाएपछि प्रहरी जवान श्रेष्ठ स्तब्ध बने । जब कि घटना भएको राति १० बजेदेखि बिहान ३ बजेसम्म श्रेष्ठ ड्युटीमै थिए । उनी त्यतिबेला ड्युटीमा रहेको देख्ने दुईजनाले अदालतमा बकपत्र गरेका छन् । ‘मेरो ड्युटी दुई बजेसम्म भए पनि त्यस दिन साथी ढीलो उठेकाले तीन बजेसम्म ड्युटीमै बस्नुपरेको थियो,’ श्रेष्ठ सम्झन्छन् । गेष्टहाउसमा रिता लामा मोक्तानको हत्या भएको समाचार सञ्चारमाध्यमले महत्वका साथ प्रकाशित/प्रसारित गरिरहेका थिए । हत्यारा पत्ता लगाउन प्रहरीमाथि स्थानीयको चर्को दबाव थियो । धेरैपछि थाहा भयो, घटनाका आरोपी विष्णु सिलवाल फरार भएपछि दबाव थेग्न नसकेर प्रहरीले आफ्नै जवान मदननारायणलाई पक्राउ गरेको रहेछ । भूलवस नभई उनलाई योजनावद्धरुपमै पक्राउ गरिएको रहेछ । हनुमानढोकामा लगेर सोधपुछ नगरी चरम यातना दिएर ‘हत्या गरेको हुँ’ भन्ने कागजमा उनलाई सही गर्न लगाइयो । यसैवीच काठमाडौं जिल्ला अदालतले २७ बैशाख ०६६ मा प्रहरी जवान मदननारायणलाई चरम यातना दिइएको ठहर गर्यो । झूठो बयानलाई सावित गराउन चर्को यातना दिएको निश्कर्षसहित ४० हजार रुपैयाँ क्षतिपूर्ति भराउनसमेत जिल्ला अदालतले आदेश दियो । अदालतको निश्कर्ष के थियो भने फौजदारी मुद्दामा प्रमाणहरू शंकारहित तवरबाट पुष्टि हुनुपर्छ । कसैलाई पनि शारीरिक वा मानसिक यातना दिएर बयान गराउनु फौजदारी न्यायको सिद्धान्त विपरीत मानिन्छ । ‘निज प्रतिवादी मदननारायण श्रेष्ठले अनुसन्धानका क्रममा अख्तियार प्राप्त अधिकारीसमक्ष गरेको साविती बयान स्वच्छबाट नभई शारीरिक तथा मानसिक दबावमा पारी गराइएको देखिएकाले उक्त सावितीलाई प्रमाणको रुपमा ग्रहण गर्न मिलेन’ जिल्ला अदालतको फैसलामा भनिएको छ । यसका बाबजुद अदालतले श्रेष्ठलाई सफाई भने दिएन । दुई वर्षपछि पुनरावेदन अदालतले पनि जिल्ला अदालतकै फैसलालाई सदर गर्यो । दुई तहको अदालतले ठहर गरिसकेपछि आफन्त र शुभचिन्तकले न्याय पाउने आशा मारे । कतिपयले श्रेष्ठलाई साँच्चै हत्यारा नै पो हो कि भनेर शंकाको दृष्टिले हेर्न थाले । कतिपय आफन्तहरूले पनि फेरि सर्वोच्चमा पुनरावेदन गर्नुको सट्टा असल चालचलन देखाएर सजाय कम गर्नतिर लाग्न सुझाव दिए । माफीका लागि निवेदन दिन पुग्ने कैद भुक्तान पनि भइसकेको थियो । तर, कैद कम गरेर कारागारबाट बाहिर निस्कने बाटो रोजेनन् श्रेष्ठले । ‘नख्खु कारागारमा झण्डै आधाजसो कैदीहरु परिबन्दमा परेको बताउथे’ श्रेष्ठ भन्छन्, ‘अपराध गरेरै जेल पर्नेहरूले भने निर्धक्कसँग घटनाको बारेमा चर्चा गर्ने गर्थे ।’ अदालतबाट दोषी ठहर भएर श्रेष्ठभन्दा धेरैपछि कारागारमा आएका कैदीहरू समेत सजाय मिनाहा पाएर घर फर्किसकेका थिए । श्रेष्ठ त्यो परिघटना सम्झँदै भन्छन्, ‘कसूरै नगरेकाले के माफी माग्ने ? भन्ने लागेर मैले निवेदन दिइनँ ।’ आखिर उनले सर्वोच्च अदालतको ढोका ढक्ढकाए । परिबन्दमा परेको थाहा पाएर माधवअधिकारकर्मी र वकिलहरुले समेत आफूलाई त्यसबेला साथ दिएको उनी बताउँछन् । यही क्रममा ०७४ सालको बैशाख महिनाको एक दिन नख्खु कारागारका कैदीहरुसँग उनी गफिइरहेका थिए । एकजना वकील मदननारायणलाई भेट्न आएको खबर आयो । श्रेष्ठलाई भेट्न वरिष्ठ अधिवक्ता रजितभक्त प्रधानाङ्ग आएका रहेछन् । उनको हातमा धुलैधुलो भएको एउटा फाइल थियो । कारागार प्रशासनबाट लिइएको त्यो थोत्रो फाइल मदननारायणकै थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र केदारप्रसाद चालिसेको संयुक्त इजलासले ११ बैशाख ०७४ मा आफूलाई निर्दोष ठहर गरेको श्रेष्ठले त्यहीँ थाहा पाए । निर्दोष ठहर गरेपछि मदननारायणलाई लिन उनको पक्षमा बहस गर्दै आएका प्रधानाङ्ग आफैं त्यहाँ पुगेका रहेछन् । प्रधानाङ्गकै गाडीमा बसेर उनी नख्खु कारागारबाट बाहिरिए । त्यत्रो वर्षपछि छुट्दा परिवारका सदस्य वा आफन्त कोही लिन आउनुभएन त ? अनलाइनखबरको प्रश्नमा मदननारायणले भने, ‘पेशी सरेको बीसौं पटक भइसकेकाले कुन दिन फैसला हुन्छ भन्ने अञ्दाजै थिएन ।’ सबथोक गुमेपछि न्याय ! सर्वोच्च अदालतको फैसलापछि उनी निष्कलंकित भए । ३४ वर्षको उमेरमा जेल परेका उनी ४८ वर्षपुग्दा घर फर्किए । सर्वोच्चले निर्दोष ठहर गर्दासम्म मदननारायण हिरासतमा बसेको १३ वर्ष ६ महिना भइसकेको थियो । सोझो छोरोलाई गर्दै नगरेको अभियोग लागेको उनको बुवालाई सह्य भएन । जिल्ला र पुनरावेदनले दोषी ठहर गरेपछि थलिएका उनका बुबा कहिल्यै फर्केर आएनन् । पीरैपीरले बुवाको मृत्यु भएको उनी सम्झन्छन् । आफू जेलमा परेपछि परिवारलाई समाजले गरेको तिरस्कारका बारेमा उनले फर्किएपछि मात्र थाहा पाए । उनी भन्छन्, ‘धन्न परिवारका सदस्यले शुरुदेखि नै मेरो विश्वास गरे ।’ घरमूली नै पक्राउ परेपछि घरको आर्थिक अवस्था डामाडोल भयो । छोराहरूलाई पढाउन मुश्किल भयो । नजिकका आफन्तहरू टाढा-टाढा भए । फूली लगाउने बेलामा हत्कडी ०६० सालमा पक्राउ परेलगत्तै निलम्बनमा परेका श्रेष्ठलाई ०६१ मा जागिरबाट बर्खास्त गरियो । जब कि त्यतिबेला उनी अभियुक्त भए पनि दोषी ठहर भएका थिएनन् । ०६६ सालमा मात्रै जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो । जागिरबाट बर्खास्त गर्नेबेलामा कानून अनुसार न पूर्वजानकारी दिइयो, न सफाईको अवसर । पक्राउ पर्नुभन्दा चार दिन पहिला ५ कात्तिकमा मदननारायण प्रहरी हवल्दारमा बढुवा भएका रहेछन् । साँवा अक्षर मात्रै चिन्ने उनले यो जानकारी धेरै वर्षपछि पाए । ‘हवल्दारको फूली लगाउने बेलामा हतकडी लगाइएछ,’ उनी भन्छन् । जिल्ला अदालतको फैसला नआउँदै बर्खास्त भएका उनलाई नेपाल प्रहरीले बर्खास्त गरेको आधिकारिक पत्रसमेत दिएन । बुधबार उनलाई सर्वोच्च अदालतले पुर्नबहाली गर्न आदेश दिएको छ । यसबाट उनले केही राहत महशुस गरेका छन् । ‘कानूनअनुसार पाउनुपर्ने पैसा पाएँ भने ऋण घटाउँछु’, उनी भन्छन् । आफू पक्राउपछि लागेको ऋणमध्ये १६-१७ लाख रुपैयाँ तिर्न बाँकी रहेको उनी बताउँछन् । कानून व्यावसायीलाई पारिश्रमिक पनि दिन नसकेको उनको भनाइ छ । अदालती प्रक्रियाका लागि घरबाट काठमाडौं आउने भाडा जुटाउन धौधौ पर्ने गरेको छ उनलाई । नुवाकोट कल्याणपुरका मदननारायण भन्छन्, ‘नुवाकोटबाट काठमाडौं आउँदा भाडा खोजखाज गर्नुपर्ने अवस्थामा पुगेको छु ।’ गलत अभियोजनको शिकार हत्या भएको गेष्टहाउसको इन्ट्री रजिष्टरमा उल्लेख भएको टिका कार्की भन्ने व्यक्ति नै मदननारायण हो, १२ वर्षीय बालकले उनलाई चिनेको भन्नेजस्ता जस्ता जालसाजीपूर्ण दाबीलाई सर्वोच्च अदालतको फैसलाले गलत ठहर गरिसकेको छ । सरकारी वकीलले प्रमाण भनेर पेश गरेको इन्ट्री रजिस्टरमा भएको हस्ताक्षर मदननारायणको होइन भन्ने कुरा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परिक्षणबाट प्रमाणित भएको छ । प्रहरीलाई चिनेको भनेर सनाखत गरेको भनिएका कथित १२ वर्षीय बालक अस्तित्वमै नभएको पाइयो । अभियोजनपत्रमा विष्णु सिलवाल पर्खालबाट गेष्ट हाउसमा प्रवेश गरेको उल्लेख छ । तर, त्यो गेस्ट हाउसमा पर्खालै थिएन । प्राकृतिक न्यायको सिद्धान्त भन्छ, ‘पहिला सुन, अनि थुन’ । तर, हाम्रो अभियोजन प्रणालीमा ‘पहिला थुन्ने अनि सुन्ने’ गरिन्छ । मदननारायण एउटा उदाहरण मात्रै हुन् । आर्थिक रुपमा विपन्न, ग्रामिण भेगका र शिक्षाको पहुँचबाट टाढा रहेका धेरै जना मदननारायणहरू गलत अभियोजन प्रणालीकै कारण निर्दोष हुँदाहुँदै कैदी बन्नु परेको जानकारहरू बताउँछन् । भदौबाट लागु भएको मुलुकी संहितामा बदनियतपूर्वक अनुसन्धान गर्ने र झुठो प्रमाण सिर्जना गरेर अभियोजन दर्ता गर्नेलाई कारवाहीको प्रावधान राखिएको छ । ‘यो प्रावधानले धेरै निर्दोषहरूलाई मदननारायणको जस्तो अवस्थाबाट जोगाउन सक्छ’, मुलुकी संहिताको मस्यौदा निर्माणमा संलग्न वरिष्ठ अधिवक्ता प्रा.डा. रजितभक्त प्रधानाङ्ग भन्छन् । पूर्पक्षका लाथि थुनामा बसेकाहरू दोषी ठहर भए भने त्यहाँ बस्दाको अवधी कुल सजायबाट घटाइन्छ । निर्दोष सावित भएमा भने खाली हात घर पठाइन्छ । क्षतिपूर्ति कानून चाहियो न्याय क्षेत्रमा ‘हजार अपराधी छुटुन् तर एक जना पनि निर्दोषले सजाय पाउनुहुँदैन’ भन्ने भनाइ छ । राज्यले निर्दोष व्यक्तिलाई कुनै पनि हालतमा फसाउनु हुँदैन भन्ने यसको तात्पर्य हो । मदननारायणकै सन्दर्भमा कुरा गर्दा पनि उनको हुँदाखाँदाको जागिर गयो, जवानी गयो, सामाजिक अपमानबोध खेप्नु पर्यो । यसरी राज्यको कमजोरीका कारण सजाय भोगेर शारीरिक, मानसिक, सामाजिक पीडामा परेकाहरुलाई राज्यले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने जानकारहरू बताउँछन् । जबरजस्ती करणीको अभियोगमा १५ वर्ष जापानमा जेल परेका गोविन्दप्रसाद मैनाली निर्दोष सावित भएपछि जापान सरकारले ६ करोड ९० लाख रुपैयाँ क्षतिपूर्ति दिएको थियो । सर्वोच्च अदालतले क्षतिपुर्ति सम्बन्धी कानून बनाउन सरकारको नाममा परमादेश पनि जारी गरिसकेको छ । अनाहकमा दशकौंसम्म जेल बसेका निर्दोषसँग सरकारले माफी समेत माग्दैन । ‘अनाहकमा जेल परेकाहरूलाई निर्दोष ठहर भएपछि क्षतिपुर्ति दिँदा सिँगो न्यायप्रणालीप्रति नै जनताको विश्वास बढ्छ’ वरिष्ठ अधिवक्ता प्रधानाङ्ग भन्छन्, ‘अदालतले सफाई दिइसकेकाहरूको अनुहार सम्झेर पनि सरकारले क्षतिपूर्ति कानून बनाउन पहल गर्नुपर्दछ ।’ जीवनको सबैभन्दा उर्जाशील समयको साढे १३ वर्ष जेलमा बिताएका मदननारायण निर्दोष सावित भएर पनि खाली हात र्फकदैछन् । डेढ दशक पहिलाको पिटाइले गर्दा असर परेको दुबै कान अझै निको भएको छैन । त्यतिबेला पैतालामा पनि यातना दिएकाले उनलाई हिँड्न-डुल्न पनि सहज छैन । उनी अहिले पनि दुखाई कम गर्ने औषधी खाइरहन्छन् । पैसा नभएर बनाउन नसकेको बिग्रेको मोवाइल देखाउँदै उनले भने, ‘औषधी किन्ने पैसा जोहो त होस् त्यसपछि यो मोवाइलको विषयमा पनि सोचौंला ।’ मदननारायणले त ढिला भए पनि न्याय पाए, तर बलात्कार र हत्याको वास्तविक दोषी को हो भन्ने अहिलेसम्म पनि प्रश्नकै घेरामा छ । यहाँ बाट : https://www.onlinekhabar.com/2...
AnandNepal · Sep 9, 2018 1:32 PM
यो बर्ष सबै भन्दा धेरै हेरिएका तिज गितहरुको बिश्लेषण गर्दा यो रिपोर्ट तयार भयो .. ब्यक्तिगत रुपमा भन्नु पर्दा - मलाइ चाँहि ५-६ ओटा मात्रै राम्रै लागे । नराम्रा गितले पनि धेरै भ्यु पाउँदा रहेछन । https://www.youtube.com/watch?... सबै भिडियो को पुरै गित हेर्न मन लागेमा हेर्ने लिंक त्यहि भिडियो को कमेन्टमा छ । करिष्मा ढकालको नाचकै कारण चलेको होला सबै भन्दा धेरै चलेको Roshan Gaire and Asha KC को गित https://www.youtube.com/watch?...
AnandNepal · Sep 9, 2018 1:34 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion