ने क पाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' की नातिनी स्मीता दाहाल र सरोज ओलीको स्वर रहेको पानी कुवाको बोलको गीतको भिडियो सार्वजनिक भएको छ। कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको भिडियोमा क्रुका सबै सदस्यहरु नेपाली पोशाकमा देखिएका छन्। आश्मा विश्वकर्मा गुन्यू चोलीमा सजिएकी छिन् भने सरोज लगायत क्रुका अन्य सदस्यहरु दौरा सुरवाल र स्टकोटमा देखिएका छन्। साथै भिडियोमा नायिका प्रियंका कार्कीलाई पनि देख्न सकिन्छ। भिडियोमा उनको छोटो भूमिका छ। दिनेश थपलियाको शब्दमा रहेको गीतमा संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सौरभ लामाले छायांकन गरेका छन्। उदयराज पौडेलको एरेन्जको गीतलाई उज्वल श्रेयान महतले मिक्सिङ र अर्जुन जिसीले सम्पादन गरेका छन्। https://www.youtube.com/watch?... http://pahilopost.com/content/...
ktmpost · Jul 16, 2018 3:45 PM · 3,701 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion