काठमाडौँ– न्यूरो अस्पताल बाँसबारीमा उपचार गराइरहेका प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ। न्यूरो अस्पतालका प्रमुख कार्यकारी अधिकृत वसन्त देवकोटाका अनुसार न्यूरो सर्जन देवकोटाको सोमबार साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको हो। उनी ६५ वर्षका थिए। उनकी पत्नी मधु देवकोटा पनि डाक्टर हुन्। उनका तीन छोरी मेधा, बसुधा र मञ्जरी छन्। Video - https://www.youtube.com/watch?... डा. उपेन्द्र देवकोटा गएको वैशाख १५ गतेदेखि न्यूरो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि गएको नोभेम्बर २१ मा बेलायत गएका डा. देवकोटा गएको अप्रिलसम्म उतै रहेका थिए। तर त्यहाँ उपचार सम्भव नभएपछि उनी जीवनको अन्तिम क्षण नेपालमै बिताउने भन्दै गएको वैशाख १५ मा आएका हुन्। त्यसयता उनको न्यूरो अस्पतालमा उपचार हुँदै आएको थियो। उनी पित्त थैलीको क्यान्सरबाट ग्रस्त थिए। (deshsanchar)
AnandNepal · Jun 18, 2018 11:35 AM · 8,027 views
Upendra Devkota was the doctor who operated Prince Dipendra in his last days after Durbar Hatyakanda. This is what he told at that time: https://www.youtube.com/watch?...
AnandNepal · Jun 18, 2018 11:37 AM
When Western medicine didn't work -- he tried Ayurveda too But, that didn't work either - My video report: https://www.youtube.com/watch?... I did - 3 mover videos on Upendra Devkota - will share if anybody is interested.
AnandNepal · Jun 18, 2018 11:39 AM
हार हो कि जित हो ?? डा. उपेन्द्र देवकोटालाइ सँधै बाबुरामले जिति रहे .. स्कुलमा - बाबुरामा सँधै 1st, देवकोटा सँधै 2nd SLC - Baburam Board 1st, Devkota Board 10th ISC - Baburam Board 1st, Devkota Board 7th Politics - Baburam became PM, Devkota became Health Minister Life - Baburam is alive, Devkota is not. हार्दिक श्रद्धान्जलि https://www.youtube.com/watch?...
AnandNepal · Jun 19, 2018 12:06 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion