सामसुङको आइफोन बोक्ने मन्त्रीको झुट पक्रँदा एनटिभीको कार्यक्रम बन्द By Salokya, on June 13th, 2018 सामसुङको कम्पनीको आइफोन सम्पति भएको विवरण लेख्ने सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाको झुट सरकारी मिडियाको अन्तर्वार्तामा पक्रिएर खुइल्याएपछि नेपाल टेलिभिजनको १२ वर्षदेखि चलिरहेको सीधा प्रश्न नामको कार्यक्रम बन्द भएको छ। दुई तिहाई बहुमतको सरकारका मन्त्रीलाई सरकारी मिडियाबाटै खुइल्याउने कहाँसम्मको आँट त ए यसको! अलि अलि पञ्चायत कालको नेपाल टेलिभिजन र रेडियो नेपाल हेरेर पनि सिक्नु नि। केही छैन अब यस्तो कारबाही भएपछि अरुले पक्कै सिक्ने छन्। खासमा कार्यक्रममा भएको चाहिँ के थियो त? कार्यक्रम सञ्चालक राजु थापाले कम्युनिस्ट सरकारका मन्त्रीहरुको दाइजोको प्रसंग उठाउँछन्। मन्त्री बिस्तारै आक्रोशित हुँदै गइरहेका हुन्छन्। मन्त्री : कम्युनिस्टको हुँदा चाहिँ के हुनुपर्ने तपाईँ बताइदिनु त मलाई। सञ्चालक : तपाईँहरु त दाइजो विरोधी। मन्त्री : दाइजो भनेर क-कसले राख्या छ? सञ्चालक : दाइजो भनेर नभने पनि श्रीमतीको विवाहमा आएको भनेर त तपाईँले राख्नुभा छ। मन्त्री : श्रीमतीको विवाहमा आएको रे? सञ्चालक : विवाहमा माइती पक्षले दिएको भनेर त तपाईँले राख्नुभा छ। मन्त्री : कति राख्या छ? सञ्चालक : तपाईँले १७ तोला त सुन राख्नुभा छ। ६० तोला चाँदी राख्नुभाछ। मन्त्री : हो तर श्रीमतीको विवाहमा आएको भनेर मैले राख्या छैन। सञ्चालक : माइतीबाट… मन्त्री : छैन। तपाईँ झुट बोल्दै हुनुहुन्छ। सञ्चालक : म तपाईँलाई देखाइदिउँ? मन्त्री : मसित झुट बोल्नुपर्दैन। चार पाँच तोला श्रीमतीबाट आए होला। हो? १७ तोला…. सञ्चालक : तपाईँको सम्पति विवरण मसँग छ सर… मन्त्री : ठीक छ, ल्याउनुस्। दुनियाँलाई देखाउन राखेको हो। सञ्चालक : तपाईँको सम्पति विवरणमा…. मन्त्री : ठीक छ, राख्नुस्। सञ्चालक : १७ तोला सुन मन्त्री : हो। सञ्चालक : र ६० तोला चाँदी चाहिँ मन्त्री : हो। सञ्चालक : विवाहमा दिएको माइतीले भनेर लेख्नुभा छ। मन्त्री : हो। सञ्चालक : अघि हैन भन्नुभो। मन्त्री : हो दिएको हो। तर सबै दिएको हैन। सम्पति विवरणमा चाहिँ यस्तो लेखिएको रहेछ Video: https://www.facebook.com/mysan... http://www.mysansar.com/2018/0... Last edited: 13-Jun-18 01:08 PM
ktmpost · Jun 13, 2018 1:06 PM · 3,887 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion