अनुहार हेर्दै तल्लो जातजस्तो! बिहिबार, २४ जेठ २०७५, १० : ०० | शुष्मा बराली एउटा कार्यक्रममा जानुपर्ने भयो । पत्रकारितासम्बन्धी कार्यक्रम भएकाले केही सिकिन्छ कि भन्ने आशाले गएँ । कार्यक्रममा शिक्षित, गन्यमान्य, वरिष्ठ र ठालुहरूकोे उपस्थिति थियो । चियापान कार्यक्रममा केही अनुहार अपरिचित देखिए पनि केही अनुहार भने परिचित थिए । चियाको कप लिएर एउटा समूहमा मिसिन पुगेँ । एउटा अपरिचित अनुहारले मेरो नाम सोध्यो, मैले भनेँ, ‘शुष्मा बराली ।’ अर्काे अपरिचितबाट प्रश्न आयो, ‘यो बराली भनेको के हो ?’ यो प्रश्नले मलाई बारम्बार चिमोट्ने गर्छ । ‘म विश्वकर्मा हुँ’ मुस्कुराउँदै जवाफ दिएँ । त्यसपछि सन्नाटा छायो, त्यहाँ कुनै मानिस नै छैन ! कथितउच्च जात र दलितबीचको दूरी कायम गरियो अनि दलितलाई घृणाको पात्र र कुरूपको प्रतीक नै बनाइयो । यत्तिकैमा एक जना दिदीले प्वाक्क भनिन्, ‘कस्तो है तिमी त, दलितजस्तै देखिँदैनौ ।’ आफू विश्वकर्मा हुँ भन्दा धेरै ठाउँमा यस्तै उत्तर पाउँछु । यस्तो उत्तर सुन्दा दिक्क लाग्छ । त्यसैले ती दिदीलाई प्रतिप्रश्न गरेँ, ‘दिदी, अनि दलितचाहिँ कस्ता हुन्छन् त?’ मेरो प्रश्नलाई बंग्याएर अन्तै कुरा मोडियो । म पनि चुपचाप समूहबाट छुट्टिएर अर्कै टेबलमा गएँ । मानसपटलमा भने अनेक प्रश्न तँछाडमछाडगर्दै उभिएः दलितभित्र कस्ता गुण आवश्यक छ, जुन गुण ती दिदीले ममा देखिनन् । अझै पनि हाम्रो मानसिकतामा पछाडि पारिएका, गरिबीको भुमरीमा चुर्लुम्मै डुबेका झुत्राझाम्रा, फोहोरी नै दलित हुन् भन्ने छाप मेटिएको छैन । कस्ता हुन्छन् दलित ? दलित हुन कस्तो देखिनुपर्ने हो ? दलितको सौन्दर्यलाई के कुराले मापन गरिन्छ ? यस्ता प्रश्नले निकै पिरोल्ने गर्छन् । इतिहासले भन्छ, हिन्दुु समाजको वर्णव्यवस्थाअनुुसार पानी नचल्ने र अछुत बनाइयो । उनीहरूलाई शिक्षाको ज्योतिबाट ओझेल पारियो हरेक कठोर र फोहोरी काम गर्न बाध्य गरियो । उनीहरू आर्थिक, सामाजिक र राजनीतिक हिसाबले अरू जातिभन्दा पछाडि परे । ‘उच्च’जात र दलितबीचको दूरी कायम गरियो र दलितलाई घृणाको पात्र र कुरूप पक्षको प्रतीक नै बनाइयो । महिला–पुरुषबीच विभेदमुख्य प्रश्न हो, सौन्दर्य भनेको के हो ?सौन्दर्यसँग महिलालाई मात्र किन जोडिन्छ ? के पुरुषको सौन्दर्यको मापन गर्न सकिँदैन ? महिलाको सौन्दर्यको अगाडि पुरुषको सौन्दर्यको तुलना नै गर्न सकिँदैन ?सौन्दर्य मापन गर्दा दलितलाई मात्रै हेपेर किन अथ्र्याइन्छ ?समाजले सुन्दरताबारे दिएको परिभाषा भाषा÷जात÷वर्णअनुसार फरक फरक छ । सौन्दर्यको कुरा गर्दा दलितलाई कसरी कुरूपको प्रतीक बनाइएको छ, हेर्न लायक छ । पुरुष र महिला सँगै हिँडेको देख्दा महिलाले लगाएका शृंगारका सामान, सज्जिन प्रयोग गरेका सामग्रीलाई नियालेर हेरिन्छ । तर पुरुषको शृंगार र पोसाकलाई खासै महत्व दिइँदैन हाम्रो समाजमा । कारण पितृसत्ताले महिला भएपछि साजसज्जा गर्नुपर्छ, पुरुषले साजसज्जा नगरेपनि सुन्दर हुन्छन् भन्ने मनस्थितिले जरा गाडेको छ । कतिसम्म भने भर्खरै जन्मिएका छोरी–छोरालाई लगाइदिने लुुगा र चप्पलमा पनि भेदभाव गरिन्छ । छोरा र छोरीलाई दिइने खेलौना कति फरक हुन्छ, किताब किन्न जाँदा पनि नानीलाई कि बाबुलाई भनेर प्रतिप्रश्न तेस्र्याउने पसले भेटिनु नौलो कुरा होइन । ‘अंगभंग नभएकी, सुन्दर नाम भएकी होस् या हात्तीको जस्तो हिँडाइ भएकी, मसिना रौँ, लामो कपाल र छोटा दाँत भएकी, शरीरका अंग कोमल भएकी कन्यालाई विवाह गर्नुपर्छ ।’ मनुस्मृतिमा लिखित हरफ पढ्दा लाग्छ, यी गुण नभएकी महिलाको विवाह सम्भवै छैन । महिलालाई छुट्याइएको सौन्दर्यको दायरा कतिसम्म जायज छ ?त्यस्तै,सौन्दर्यको कुरा जोडेर गरिने विभिन्न क्रिमका विज्ञापनमा लेखिएको हुन्छ, फेयर, ह्वाइटिङ । यसको मतलब फेयर र ह्वाइट नै राम्रो । सुन्दर भनेको फेयर हुनु हो । सेतो अथवा फेयर नै सुन्दर हो । यस्तै सोचले ग्रस्त छ हाम्रो समाज । यहाँ हरेकले आफू फेयर देखाउन कोसिस गरिरहेका हुन्छन्, जुन गलत छ । सौन्दर्यको कुरा गर्दा अलिक पुरातन सोच भएका व्यक्तिका लागि अलिक मोटी, खाइलाग्दी जीउ भएको सुन्दर हुन्छ । नेपाली समाजमा बाहुन, क्षत्रीको शारीरिक आकारअनुसार तिखो नाक, ठूला आँखा, मसिना हात खुट्टा हुनु सुन्दर हुन्छ। यहीमापदण्ड जनजातिको शरीरमा लागू हँुदैन । जनजातिमा साना आँखा, चेप्टो नाक र होचो कदलाई सुन्दरमानिन्छ । चीनमा पहिले साना र छोटा खुट्टा हुने महिलालाई सुन्दरठानिन्थ्यो । नयाँ पुस्तामा चम्किलो छाला, स्लिम र अग्लो कद हुनु सुन्दर मानिन्छ । अधिकांश महिलाले गोरो छाला र स्लिम शरीर बनाउने होडबाजीमा मानसिक र शारीरिक समस्या भोग्दै आएका छन् । अचेल बजारमा उपलब्ध विभिन्न प्रकारका शृंगारसम्बन्धी उद्योग, विज्ञापन र सामग्रीले सौन्दर्यको अवधारणा तय गरेको देखिन्छ । कतिसम्म प्रभाव परेको छ भनेएसएलसी दिएका किशोरीदेखि जात, ठाउँ र अञ्चलसमेतका विभिन्न सुन्दरी प्रतियोगिता आयोजना गरिन्छ । मिस नेपालबाट सुरु भएको यो धन्दा ठालुहरूको कमाइ खाने भाँडो बनेको छ । बुद्धि र क्षमता वृद्धि कसरी गर्ने भन्ने ज्ञानभन्दा पनि राम्री कसरी हुने, कुन क्रिमको प्रयोग गर्ने भन्ने कुरा सिकाइँदै छ । यस्ता सामग्री प्रयोग गरेरअनेकसुन्दरी प्रतियोगिता जित्न सकिन्छ भन्ने कुरा भरिदिएको छ । सौन्दर्यबारे लेखक सञ्जीव उप्रेती भन्छन्, ‘सौन्दर्यको कुनै सार्वभौमिक मानक छैन, यो त समाजले आफ्नो संस्कृतिअनुसार बनाएको एउटा नियम हो । मलाई फेयरभन्दा कालो छाला आकर्षक लाग्छ, यो आफ्नो आँखाले हेर्ने नजर हो ।’ कुरूप जति दलितको भागमानेपाली समाजमा सुन्दर हुनु भन्ने कुरा जातजाति, धर्म–संस्कृति र चालचलनको आधारमा बनाइएको अवधारणा हो । हाम्रो समाजमा भन्ने गरिन्छ, चम्किलो र गाढा रङका लत्ता कपडा लगाइयो भने ‘कस्तो कमिनी, दमिनीले लगाउने जस्तो लुगा लगाएकी ?’शरीर हेरेर भनिन्छ, ‘यो त बाहुन भएर पनि दलितजस्तो देखिन्छ, कस्तो कालो–नराम्रो, अनुहार हेर्दै तल्लो जातजस्तो !’ यस्ता भनाइउच्च, सभ्य र सचेत भनिने मानिसले अहिले नि सहजै बोल्ने गर्छन् । यस्ता भनाइ सुन्दा लाग्छ, दलित भनेकै नराम्रोको प्रतीक हो, दलित राम्रा हुनै सक्दैनन् । अन्य जातका मानिस अलिक देख्दा नराम्रो भए दलितै हो भनिनुको कारण के ? के दलित नराम्रो नै हुनुपर्छ ? नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाषा सापटी लिएर भन्दा ‘दलित समुदाय भनेको नेपाली समाजका ऐतिहासिक सर्वहारा वर्ग हो, जुन समूहका सदस्यले आफ्नै श्रम, सीप र कला प्रदर्शन गर्दै आएका छन् । म फेरि पनि दोहो¥याएर भन्न चाहन्छु, नेपाली समाजका सुन्दर समुदाय भनेको दलित समुदाय हो ।’ प्रचण्डका शब्द सुन्दा जति मीठा लाग्छन्, उनकै समुदायले बचाइराखेको यथार्थ र बोकिरहेको मान्यता त्यत्तिकै तीतो र फोहोरी छ । अधिकांश नकारात्मक वा नराम्रा कुरालाई दलितको पेवा बनाउने तथा राम्रो र सकारात्मक कुरालाई उच्च भनिने जातले नै ठेक्का लिने चलनमा कुनै फेरबदल आएको छैन । अब दलित सौन्दर्यबारे अरू वर्ण र जातका भ्रम अनिदृष्टि परिवर्तन हुन जरुरी छ । दलित समुदायको सौन्दर्य र त्यसका परिभाषा स्थापित गर्न जोकोही पनि क्रियाशील हुनु जरुरी छ । दलितहरूका गुणकारी कला–सीप, असल मूल्यमान्यताको स्थापनासँगै सुन्दर संस्कृतिको पहिचानलाई स्थापितगर्न जरुरी छ । त्यसो गर्न सकिएन भने दलितलाई कुरूप र फोहोर ठान्ने चलन जारी रहनेछ । देशका १३ प्रतिशत नागरिकलाई असुन्दरताको प्रतीक बनाउने नेपाली समाज कसरी सुन्दर र सभ्य बन्न सक्ला र http://nagariknews.nagariknetw... Last edited: 08-Jun-18 01:19 PM
ktmpost · Jun 8, 2018 1:03 PM · 17,820 views
I would guess that this probably didn't happen in 2075. Today there are news reporters from all strata of the society. So why would they single you out in a reporters gathering. So a disclaimer should have been made available that this is your fictional article. Otherwise this only serves to create tension in the society. Sorry to say you are trying to create division in our society by calling your group and my group. I am quite surprised at the amount of Jat-bhat articles in media these days. Today there is money to be made from international organizations if you can rise as a dalit defender. There is much difference in the intention of these two statements. First I look at the title which says "Your face looks like a Dalit face". अनुहार हेर्दै तल्लो जातजस्तो! The reporter (let's call reporter A) in your article says " You don't look like a dalit". "कस्तो है तिमी त, दलितजस्तै देखिँदैनौ " Looking at just this statement, reporter A might mean that 'you are well dressed for a dalit.' Notice he/she didn't comment on your face. This reporter might have wrongly guessed as has been published in the media that a biswokarma has suffered at the hands of the upper caste. He was perhaps not expecting a well dressed, well heeled and well educated person. There will always be bad apples in any society. In the west there are red-necks who call all colored people immigrants and so forth not realizing that their own ancestors came from overseas . That doesn't mean you assume that Christianity in the Society harbors conservatism. So instead of giving your opinion about the Hindu religion based on this experience it would do you good if you spent some time learning about the teachings of the Hindu Dharma which prescribes " THE WHOLE WORLD IS ONE FAMILY". वसुधैव कुटुम्बकम् There is no other. So learn to see Good in others and you will love yourself.
Biruwa · Jun 8, 2018 3:50 PM
This is true discrimination what whites did to the indians. https://www.youtube.com/watch?... Britain supported the Rana rule which kept people in oppression not allowing them to study. Educated people could have overthrown the Rana rule and brought back the King.
harihar · Jun 8, 2018 4:03 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion