प्रचण्डले २० अर्ब भ्रष्टाचार गरेको थाहा पाएर माओबादी पार्टी छोडेको हुँ: बाबुराम भट्टराईले भिडियोमै सार्वजनिक गरे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नयाँ शक्ति पार्टिका संयोजक डा.बाबुराम भट्टराइले कंचनपुरमा आयोजित पार्टीको एक सभालाई सम्बोधन गर्दै माओबादि केन्द्रले एमाले र कांग्रेसले भन्दा धेरै भ्रस्टचार गरेको आरोप लगाएका छन्। भट्टराईले आफुले बाहिर मात्रै होइन भ्रस्टचारको मुद्दा भित्रै पनि उठाएको भन्दै लडाकुको नाममा राज्यले दिएको अर्बौ रुपैया आफुलाई समेत थाहाँ नदिइ प्रचण्डको नेतृत्वमा भ्रस्टचार भएको बताए। बाबुरामले अगाडि भने-‘प्रचण्डलाई जब भ्रस्टचारको मुद्दा लाग्न थाल्यो,तब प्रचण्ड बिदेशी प्रभुको अगाडि झुक्न र ति मुद्दाबाट बचाँइदिन बिदेशी शक्ति सामु लम्पसार परेको र बिस अर्बको भ्रस्टचार गरेर दश-दश अर्बको भागबण्डा गरेको बताए। शान्ति प्रकृयामा आइसकेपछि आफु प्रधानमन्त्री भएको बेलामा माओबादिले लुकाई राखेको अत्यन्त अत्याधुनिक ७०० थान बन्दुकहरु  प्रचण्डलाई पैसाको समस्या परेर बिदेशी खुफिया एजेन्सीलाई बेचेर करोडौं कमाउँन खोज्दा आफुले रोकेको भट्टराईले बताए।ति हतियार तत्कालीन प्रधानसेनापती छत्रमान गुरुंगलाई जिम्मा दिएर छाउने स्थित सैनिक संग्रालहयमा राखिएको गम्भीर खुलासा गरे। हेरौँ भिडियो https://www.youtube.com/watch?... http://www.panakhabar.com/2017...

ktmpost · May 25, 2018 12:57 PM · 59,833 views

1 Reply

२० अर्ब मात्रै !

OlikoBoliBandukkoGoli · May 31, 2018 9:28 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion