अमेरिकाको डल्लास शहरमा नेपाली ब्यापारीद्वारा नेपाली बिद्यार्थी चेलीहरुलाई यौन शोषण गरेको समाचार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यौन उत्पीडनका अपुष्ट खबरहरूले डालस नेपाली समुदाय तरंगित, पीडितलाई खुलेर बाहिर आउन समुदायको आग्रह बाल जोशी डालस टेक्सस, जेठ ११ सामाजिक कार्यहरू गरेर सधैँ चर्चामा रहने अमेरिकाको डालस नेपाली समुदाय अहिले यौन उत्पीडन ( सेक्सुअल ह्र्याश्मेन्ट) का केही घटनाहरूले तरंगित बनेको छ। स्थानीय केही व्यापारीहरूको नाम समेत जोडिएर आएका अपुष्ट खबरहरूले डालस नेपाली समुदायलाई चिन्तित र आक्रोशित दुवै बनाएको छ । सतहीरुपमा बाहिर आएका सेक्सुअल ह्र्याश्मेन्टका सात भन्दा बढी आरोपहरूले समाजका केही ‘प्रतिष्टित’भनिएकाहरुको चरित्रमा प्रश्न उब्जाउनुका साथ साथै स्थानीय व्यापारिक समुदायलाई समेत लज्जित बनाएको छ। नेपालबाट बिधार्थी भिसामा आएका नेपाली चेलीहरूको बाध्यतामा फाइदा उठाउँदै केही स्थानीय नेपाली मालिकहरूले आफ्नो पसलमा काम गर्ने चेलीहरूमाथि यौन उत्पीडन र यौन शोषण गरेका खबरहरू सामाजिक संजालहरुमा छताछुल्ल छन्। सेक्सुअल ह्र्याश्मेन्टका खबरहरू बाहिर आउन थाले पछि स्थानीय नेपाली समाज टेक्सस (एनएसटी)ले पीडितहरूलाई न्याय दिलाउन र पीडकलाई उचित कारबाहीको प्रक्रिया अघि बढाउँन कदम चालेको छ। संस्थाका सभापति सुमन थापाले पीडितहरूलाई यथासम्भव एनएसटीलाई सम्पर्क गर्न आग्रह गर्दै पीडकलाई आवश्यक कारबाहीकोलागी आवश्यक सम्पूर्ण कार्यहरू गर्ने बताए। ” यो अत्यन्त संवेदनशील विषय हो, हामीलाई पीडित दिदी बहिनीहरूले आफ्नो नाम नभनिकन पनि घटनाको विवरण दिनु भयो भने हामी १५ मिनेट भित्रमा कारबाहीको प्रक्रिया आगाडी बढाउँछौ ” सभापति थापाले सेटोपाटीलाई भने। एनएसटीकि माहिला संयोजक आइषा ओझाले आफ्नो फेसबुक मार्फत ‘हाम्रो समुदायमा धेरै उत्पीडनका घटनाहरू रहेको’ उल्लेख गर्दै एनएसटीले पीडितहरूलाई न्याय दिन पीडकलाई नछोड्ने उल्लेख गरेकी छिन्। स्थानीय ब्याबसायीहरुको संस्था नेप्लिज च्याम्बर अफ कमर्स, डालसका सभापति मनोज सिग्देलले पीडितहरूलाई न्याय दिलाउन च्याम्बरले आफ्नो सम्पूर्ण श्रोत र साधनको प्रयोग गर्ने बताए। ” हाम्रा दिदी बहिनीहरू हामीले नै चलाएका व्यापारिक संस्थानमा सुरक्षित नहुनु भनेको अत्यन्त लज्जास्पद विषय हो, यी खबरहरू पुष्टि हुने आधारहरू छन् भने पीडित दिदी बहिनीहरू बाहिर आउनु पर्छ ” सिग्देलले सेतोपाटीलाई भने। महिला हिंसा तथा मानवअधिकारका विषयमा कार्य गर्ने संस्था ‘अधिकार’की प्रमुख नर्बदा क्षेत्रीले यौन उत्पीडनका सिकार भएका दिदी बहिनीहरूका लागी थुप्रै कानुनी उपचारका उपायहरू रहेको बताउँदै आफ्नो संस्थाले पीडितलाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्। ‘अधिकार’ अमेरिकाको न्युयोर्क सहरबाट सञ्चालित छ। धेरै जसो राम्रा कामहरूको जस बटुल्ने डालस नेपाली समुदायले आफ्ना चेलीहरूलाई आफ्नै आँगनमा सुरक्षित राख्न नसकेको खबरले स्थानीय अगुवाहरु अत्यन्त चिन्तित छन्। केही खराब प्रवृतिहरुका कारणले सिङ्गो समुदाय माथि नै प्रश्न सिर्जना भएकाले यी पीडकहरुको यथासम्भव खोजी गरी उनीहरूलाई सामाजिकरुपमा बहिष्कारका साथ साथै कानुनीरुपमा आवश्यक कारबाहीको प्रक्रिया आगाडी बढाउनु पर्छ भन्ने मान्यता डालस नेपाली समुदायको छ। https://setopati.com/global/16... Last edited: 25-May-18 10:22 AM

ktmpost · May 25, 2018 10:07 AM · 33,471 views

13 Replies

yo facebook ko nepali confession page ma aayeko confession haruko adhar ma banayeko news rahechha. haina aajkal k vai ra chha yo dallas tira. dallas ma sau badi vayera ho. tom dai aka swami d le nai afnu geet ma bhanya chha. dallas ma sau badi vo kuireni ko bhanda nepali ko bhau badi vo. yesari afnai chelibeti ko beijat gardai geet banauchan dallas tira. euta gameroom vayo vane k k na vayo vandai hidchan tyaha keta keti haru. aajkal ta jhan nepal bata aaune bittikai game room kholne re. toit. nepali bich bikriti failidai chha dallas ma. yo chado vanda chado rokina parcha.

Gwach · May 25, 2018 2:24 PM

Yeah bring out the Nepali #MeToo movement and indict these Harvey Weinstein wannabe.

mangale · May 25, 2018 2:48 PM

Also, i hope pervious Indian store owners don’t come out with their own #Metoo movement blaming all current Nepali store owners for stealing their (jhyaap) money while working for them and opening their own stores. ;)

mangale · May 25, 2018 2:53 PM

Jhyaap hanau keta ho... [Disallowed String for - use not allowed] nepa haru euto game machine kholda millionaire bhantancha bhanne suneko thiye Ani yo swami d bhane randi ko porecha [Disallowed String for - bad words] lai ddiiick slap ko khoji ma cha jasto lagyo solti

cp21 · May 25, 2018 6:25 PM

Ajkal chamkirachaan dallas ko gas game machine boka haru

cp21 · May 25, 2018 6:27 PM

Time to file fake TPS lol! I hope this news is false

richard10000 · May 25, 2018 11:49 PM

If anyone is exploited or harassed, don’t go and talk to Nepali unions, get yourself to law and file a police complaint. Sue these Dumb asses so called business owners for some thousands dollars

richard10000 · May 25, 2018 11:52 PM

agreed, please public those names and have Dallas police investigate , they will take it with high priority

thukka · May 26, 2018 1:43 PM

Isn’t there something called legal right for all parties. Someone says someone did something and people go lala about it on social media. Why the hell they don’t go to law enforcement and let both parties put their stories. Hope fully they haven’t put name of people is public. Ofcourse needs to get justice but these stuffs destroys family and business reputation . Folks needs to aware of right for both parties, and don’t try to raise political or feminist agenda out of it.

meraj · May 27, 2018 9:05 AM

Sisnu paani le haannu parcha sala dallas sey haru lai

Ruler of the wasteland · May 27, 2018 7:38 PM

यस्ता बुढाहरुको तुरी काट्नु पर्छ | अरु उपाय छैन |

OlikobandukkoGoli · May 28, 2018 1:52 PM

हुन पनि नेपाली युवतीहरु विदेश छिरेछी कि त धनी बाउको सन्तान ताक्ने कि त धनि बाउनै ताक्ने | बिचरा बाँकी घण्टा हान्ने र घर काम कलेज गर्ने युवाहरु तुरी हल्लाउदै ठिक्क |

OlikobandukkoGoli · May 28, 2018 2:01 PM

Worst place to live--Dallas. Period. Nepalese are so rude. Dallas sucks

collegefootballrocks · May 31, 2018 10:47 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion