दुबईमा नेपालीले फेला पारेको १ लाख १८ हजार डलर फिर्ता गरेपछि सम्मानित ९ जेठ, काठमाडौं । दुबईको एक कफी सपमा कार्यरत एक नेपालीले ग्राहकले छाडेको १ लाख १८ हजार अमेरिकी डलर फिर्ता गरेपछि उनको प्रशंसा भएको छ । दुबईको स्टारबक्स कफीसपमा काम गर्ने झापाका मिरन कार्कीले ग्राहकले छाडेको १ लाख १८ हजार डलर -करिब १ करोड २८ लाख नेपाली रुपैयाँ) सहितको झोला दुबई पुलिसलाई बुझाएका हुन् । उक्त झोलामा नगदसहित केही राहदानी, परिचयपत्र र बैंकका कार्डहरु थिए । दुबईको मल अफ इमिरेट्सको भुइँतलामा रहेको कफी सपमा ग्राहकले नगदसहितको झोला भेटेपछि मिरनले तत्कालै सुरक्षाकर्मी र म्यानेजरलाई जानकारी दिएका थिए । त्यसपछि उनीहरुले दुबई पुलिसलाई खबर गरेका थिए । प्रहरीले उक्त झोला पर्यटक भिसामा आएका ब्यक्तिले छाडेको बताएको छ । ‘मिरनले फेला पारेको झोलामा १ लाख १८ हजार डलर नगद र केही पासपोर्टहरु थियो, उनले यसलाई अल वषर्ा स्टेसनमा बुझाएका छन्’ दुबई पुलिसका नायव निर्देशक अकिल मुहम्मदले भनेका छन् । दुबई पुलिसले मिरनको इमान्दारिताको सम्मान गर्दै प्रमाणपत्र प्रदान गरेको छ । दुबई पुलिसले अपलोड गरेको एक भिडियोमा मिरनले भनेका छन् ‘मैले मल अफ इमिरेट्समा पैसा फेला पारेँ, त्यो धेरै ठूलो रकम थियो, त्यसलाई मैले दुबई पुलिसलाई सु्रक्षित साथ प्रदान गरेँ। उनीहरुले मेरो सह्राहना गरे । दुबई पुलिस र सरकारलाई धन्यवाद ।’ हेर्नुस् भिडियो https://www.instagram.com/p/Bj... Last edited: 24-May-18 04:41 PM
ktmpost · May 24, 2018 4:41 PM · 4,139 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion