ज्याक्शन हाइटमा नेपाली उबर चालक लुटिए

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ज्याक्शन हाइटमा नेपाली उबर चालक लुटिए न्यूयार्क – हिजो राती करिब १२ बजे न्यूयोर्क ज्याक्शन हाइटमा एक नेपाली लक्ष्मण वाग्ले लुटिएका छन् । लुटेराको समुहले वाग्लेसंग रहेको करिव सात सय रुपैंयाँ नगद, क्रेडिट, डेबिट कार्ड, लाइसेन्स लगायत अन्य महत्वपूर्ण काजजात लगेको छ । कामबाट घर फर्किने क्रममा ज्याक्शन हाइटस्थित ९० र डेनम्यान स्ट्टिमा उनि लुटिएका हुन् । उबर चालक वाग्लेले लत्काल प्रहरीलाई खबर गरि अनुसन्धान गरिएको जनाइएको छ । लुटेराहरुले क्रेडिट कार्ड समेत प्रयोग गरेको वाग्लेले जानकारी दिएका छन् । उनको क्रेडिट कार्डबाट दुई सय रुपैंया बराबरको खरिद गरेको जनाइएको छ । साथै लुटेराहरुले वाग्लेको मोवाइल समेत फुटाएका छन् । लुटिने क्रममा वाग्ले एक्लै थिए । लुटेराहरुले आफुलाई कुटपिट समेत गरेको वाग्लेले जानकारी दिएका छन् । उनले भने तिन जनाको समुहमा आएका गहुँ गोरो वर्णका हिस्पानिस जस्ता देखिने लुटेराहरुसंग प्रतिकार गर्ने क्रममा मलाई मुख मुक्का हाने र शरिरमा समेत कुटपिट गरे । रातीको बेलो थियो कसैले सहयोग मागे जस्तो लाग्यो त्यसैले झ्याल खोलेँ तर मलाई लुटियो, लुटिएको बयान दिँदै वाग्लेले भने, रातीको बेला सबै सचेत भएर हिड्नुहोला, खसोखासले लेखेको छ । http://www.khasokhas.com/50242

ktmpost · May 17, 2018 2:41 PM · 31,463 views

5 Replies

लौ कागज छैन भने त मज्जा ले कागज पाउने उपाय पो निस्किएछ त भाइ को ! TPS को अन्त्य को समाचार अनि कागज पाउने अर्को बाटो ! https://www.uscis.gov/humanita...

tito-satya · May 17, 2018 3:11 PM

Bhai ali katti garho nai huncha hai u visa bata greencard lina lai .. sathi cha ekjana mero jasle ram dulai khako thyo 5 yrs ago .. teskoo bhayena

Oprah2020 · May 17, 2018 4:25 PM

naati, maile feri dhamkyaeko bharma U visa approve bhaeko pani bheteko chhu kyaare... raamro lawyer sanga jaanu paryo... na hune kura nai 6aina naati keto ...

tito-satya · May 17, 2018 8:48 PM

धन्न लुटेरा हरुले उनि संग भएको रुपिया मात्रै लुटेछन/ डलर लुटेका भएत मर्कै पर्ने थियो, बिचरा. P.S. This comment is for the originator of this news. My sympathy is always there for the victim. Last edited: 17-May-18 09:55 PM

Baneko chha paharale · May 17, 2018 9:50 PM

Bhatij derai na chod na barsa talai ma yak ko fuuusi ko churpi khuwauchu ... dhamkyara kagaj hune re.. jhapa ra dang ma basne nepali lai sunaa ja bhai uasto nakamfuse kuro

Oprah2020 · May 18, 2018 12:21 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion