श्रीमान श्रीमति एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतिले भनिछन । श्रीमति : कहाँ जानु भएको थियो ? मैले हजुरको अफिसमा पनि फोन गरी सोधे । हजुर त आज अफिस पनि जानु भएन रे । के हो एस्तो चाला ? अनि यो हातमा भएको झोला कस्तो गनाई रहेको छ । के हो यो ? श्रीमान: म.. म... म आमालाई लिन गएको थिए । आमा अब एही बस्नु हुन्छ । यो झोला आमको हो । एस्मा आमको कपडा हरु छ । श्रीमति (रिसले जुर्मुराउदै) : दिमाग त सही छ हजुरको ? किन आमालाई यहाँ ल्याउन पर्यो र ? हजुर कै दाजु भाइले हेरी हाल्छन नि, तेसै माथी हजुरको तलब ले के नै हुन्छ र ? छोरा छोरी लाई पढाउन त गाह्रो भैरहेको अवस्थामा अब यि बुढिलाई कसरी पाल्ने ? सक्दिन म त पाल्न । श्रीमान: तेस्तो न भन, आमाको सेवा गर्नी त हाम्रो धर्म र कर्तब्य हो नि । श्रीमति: आफै बाच्न धौ धौ परेको बेलामा म त सक्दिन । एती भन्दै श्रीमतिले श्रीमानको हात बाट झोला खोसेर बाहिर लगेर फालिदिन्छे । अनि एसो बाहिर हेर्दा त आफ्नै आमा पो रहेछ । अनि हत्तनपत्त झोला उठाउदै आमालाई लिएर भित्र आउछे र श्रीमान लाई भन्छे... ...अगिनै भन्न पर्दैन ? मेरो आमा हो भनेर । श्रीमान: तिमीले मलाई बोल्नी मौका का दियौ र ? एकोहोरो आफु मात्र बोलेको बोलै । तिम्रो दाई र भाउजुले तिम्रो आमालाई घर बाट निकाली दिएका रहेछन । अनि मैले थाहा पाएर म अफिस न गै कन आमालाई लिन गएको थिए । श्रीमति (मुस्कुराउदै) कती जाती र बुझ्नि हुनु हुन्छ है मेरो प्यारो बुढो । (एती भन्दै उ आमालाई लिएर भित्र कोठामा जान्छे) (एस्तै छ सन्सार, भनिन्छ घर बनाउनु र भत्काउनुमा आईमाइको ठुलो हात हुन्छ । जुन घरमा नारी समझदार, दयालु र बुद्धिमानी हुन्छे । त्यो घर आफैमा स्वोर्ग हो । सबैले बुझ्न जरुरी छ) - ज्योतिष आनन्द सुबेदी
ktmpost · May 2, 2018 6:29 AM · 4,739 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion