धीरेन्द्र शाहको सुपुत्री श्रेया शाहले नागरिकता पाउनु पर्नेमा डा. बाबुराम भट्टराईको समर्थन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

धीरेन्द्रको छोरीलाई नागरिकता देउ : डा. भट्टराई काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आमाको नाउँबाट नागरिकता पाउने अधिकार सरकारी अधिकारीले रोकेको बताएका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै बाबुरामले यस्तो बताएका हुन् । सरकारी अधिकारी र जनप्रतिनिधिले रोकेको खबर आइरहनु अत्यन्त दु:खद भएको उनले बताएका छन् । उनले ट्वीट गरेका छन् ‘आमाको नाउँबाट छोराछोरीले नागरिकता पाउने अधिकार विभिन्न बहानामा सरकारी अधिकारी र जनप्रतिनिधिले रोकेको खबर आइरहनु अत्यन्त दु:खद छ । दिवंगत धीरेन्द्र शाह र जया पाण्डे शाहकी छोरी श्रेया शाहलाई यो समस्या परेको कुरा हाल कामानपा-३ वासीको नाताले मैले पनि सुनेको छु । छिटो नागरिकता दिइयोस् !’ http://www.ujyaalonepal.com/55...

ktmpost · Apr 27, 2018 2:42 AM · 22,342 views

1 Reply

आउनु होस एउटा स्वच्छ समाज को निम्ती, विक्रीती विसंगती र भईपरी आउन समस्या विरुद्ध को लडाई को निम्ती Private Investigation सेवाहरु हामी उपलब्ध गराउ छौ http://www.termaa.com/

termaa · Apr 27, 2018 11:17 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion