अमेरिकाको घोर भत्सना, पी. पी. एस प्रदान गर्ने संकेत

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकाले नेपाली नागरिकलाई प्रदान गर्दै आएको टी. पी. एस को अन्त्य अबको एक बर्ष पछि हुने समाचार आए लगत्तै नेपालका प्रधानमन्त्रि के. पी. शर्मा ओलीले यसको घोर भत्सना गरेका छन्. प्रेस बिज्ञप्ति जारि गर्दै उनले अमेरिकालाई गालि समेत गरेका छन्. गरिब नेपाली नागरिकको खुशी देखि नसक्ने अमेरिकाको मनसाय भएको उनले उदग्रिद गर्दै अब नेपाल सरकारले यसको प्रति उत्तर दिदै पी. पी. एस प्रदान गर्ने उनले जनाएका छन्. हाल अमेरिकामा रहेका टी. पी. एस मा गुजारा गरि रहेका नेपालीलाई लाईफ लंग पी. पी. एस दिन लागिएको उनले बताए. गायक पशुपति शर्मा अनि देवी घर्ति मगर समेतको उपस्थिथिमा के. पी. ओलीले "मलाई अमेरिका नि येई, मलाई जापान पनि येई, मलाई कोरिया नि येई' भन्ने गीतमा नाचेरै पी. पी. एस को औपचारिक घोसना गरेका छन् र अमेरिकालाई एस पी.पी एसले ठुलो धक्का दिने उनले बताएका छन्. उता प्रचण्ड र शेर बहादुरले ओलीको यो कदमलाई सर्हाना गर्दै अब पी. पी. एसले नेपालीहरुको जीवनमा काया-पलट ल्याउने भन्दै शुक्रबार सार्वजनिक छुट्टि दिने समेत घोसणा गरेका छन्.

ujl · Apr 26, 2018 11:08 PM · 1,774 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion