यिनी हुन्, स्वर्गीय अधिराजकुमार धीरेन्द्रकी छोरी, भन्छिन्, ‘मैले नागरिकता पाइनँ’

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं । ‘नेपाली भएर जन्मिएँ, नेपाली भएरै बाँच्न र मर्न चाहन्छु, तर मलाई मेरै देशले नेपाली  बन्नबाट वञ्चित गर्न खोज्दैछ, मैले न्याय माग्न कहाँ जाने हो,’ उनले भावुकतामिश्रित आक्रोश प्रकट गर्दै भनिन् ।   अनी अर्थात श्रेया राज्यलक्ष्मी शाह , तत्कालिन अधिराजकुमार धीरेन्द्रकी सुपुत्री, गत आइतबार पत्रकारसँग आफ्नो वेदना पोख्दै थिइन् ।    नेपालीभन्दा अंग्रेजीमा आफ्नो भावना प्रकट गर्न सहज मान्ने श्रेयाले अगाडि भनिन्, ‘मैले मेरो देशबाट खोजेको नागरिकताको प्रमाणपत्र हो । म जन्मिएको शिक्षण अस्पतालद्वारा उपलब्ध गराइएको जन्म प्रमाणपत्रलगायतका दस्तावेज उपलब्ध गराउँदा पनि मलाई नागरिकताको प्रमाणपत्र दिन आनाकानी गरेको देखेर म स्तब्ध भएकी छु ।’   श्रेयाको जन्म आमा जया पाण्डे शाहको कोखबाट वि.सं. २०४५ साल असार २ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भएको थियो ।   त्यसको एक वर्षअघि २०४४ (अप्रिल २१, १९८७) सालमा अधिराजकुमार धीरेन्द्रसँग दक्षिणकाली मन्दिरमा गई विवाहबन्धनमा बाँधीएकी जयालाई धीरेन्द्रको वैवाहिक जीवनबारे थाहा थियो ।   त्यसैले धीरेन्द्रको प्रेम–प्रस्तावलाई उनले शुरुमा अस्वीकार गरेकी थिईन्,  तर पछि धीरेन्द्रपत्नी तात्कालिक अधिराजकुमारी प्रेक्षासँग सम्बन्धविच्छेद भएको कागजपत्र प्रस्तुत गरेपछि मात्र जयालाई विधिवत् पत्नी बनाउन इच्छुक भए पनि धीरेन्द्रले प्रेक्षालाई झैं धुमधामका साथ विवाह गर्न बडामहारानी ऐश्वर्यका कारण सकेनन् ।   त्यसैले घरसल्लाहबमोजिम दक्षिणकालीमा वैवाहिक समारोह सम्पन्न भएको थियो । जयासँग विवाह भएको केही समयपछि धीरेन्द्रले आफू नेपालमा असुरक्षित रहेकोले बेलायत जान चाहेको बताउँदै बेलायत बस्नका निम्ति उतैकी कोहीसँग पेपरम्यारिज (कागजी विवाह) गर्नुपर्ने बाध्यता रहेको जानकारी जयालाई गराएका थिए र त्यसमा जयाको असहमति पनि भएन । तर, पछि तिनै ‘पपेरम्यारिजवाली’बाट  पनि धीरेन्द्रको छोरी जन्मियो ।   यसरी अर्की महिला साथमा भए पनि धीरेन्द्रले जयासँगको सम्बन्ध तोडेका भने थिएनन् । निरन्तर सम्पर्कमा थिए । त्यसैबीच वि.सं  २०५३ सालमा जया पनि आफ्नै छोरीलाई लिएर संयुक्त राज्य अमेरिकातर्फ लागिन् । पति धीरेन्द्रसँग सल्लाह गरेर नै उनी यसरी अमेरिका गएकी थिईन् ।   तर, पछि धीरेन्द्रले नेपालमै बाँकी जीवन बिताउने इच्छा प्रकट गर्न थाले र पत्नी जयासँग भन्ने गर्दथे, ‘छोरी १३ वर्षकी भएपछि ऊ बुबासँगै नै हुनुपर्छ ।’ ०५६/५७ सालतिर धीरेन्द्रको बसाइ धेरैजसो नेपालमै हुन थालेको थियो । पति धीरेन्द्रको आग्रहपछि जयाले पनि नेपाल फर्कन जुलाई ५ तारेख (२०५८ साल ) को टिकट लिएकी थिईन् । तर , जुन एक (जेठ १९) मा नै राजदरबार हत्याकाण्डमा धीरेन्द्रको ज्यान गयो ।  दुःखद संयोग, तेह्र वर्षपछि सँगै राख्ने भनिएकी छोरीले तेह्र वर्ष पूरा गरेको दिन धीरेन्द्रको देहावसान भएको तेह्रौं दिन परेको थियो ।    आफ्ना पतिको देहावसान भएपछि जया अमेरिकामै हिन्दु रिवाजअनुसार किरिया बसेकी थिईन् । आफ्नी पुत्री श्रेयालाई उच्च शिक्षा दिलाउन कतैबाट पनि उनलाई सहयोग भएन । दुई महिनादेखि उनको पढाइ छुटेको छ । नागरिकताको प्रमाणपत्रबिना पासपोर्ट नबन्ने र पासपोट नभएपछि अमेरिका जान नसक्ने अवस्थामा श्रेया छिन् ।    उनी भन्छिन्, यो हदसम्मको ‘अनफेयर’ व्यवहार आफ्नै देशमा गरिन्छ भन्ने मैले कहिल्यै सोचेकी थिइनँ । मैले आफूलाई नेपालीको रुपमा राखिरहन खोज्दा यसरी सताइएकी छु ।’  घटना र विचार साप्ताहिकबाट http://nepalaaja.com/2018/4/20...

ktmpost · Apr 19, 2018 9:31 AM · 71,719 views

2 Replies

“नागरिकताको प्रमाणपत्रबिना पासपोर्ट नबन्ने र पासपोट नभएपछि अमेरिका जान नसक्ने अवस्थामा श्रेया छिन् ।” But she has been living here in the US for more than a decade now. I don’t understand what’s going on. Is she trying to get Nepali passport/citizenship? Coz she is already a US citizen. Last edited: 19-Apr-18 03:20 PM

pepsi · Apr 19, 2018 3:20 PM

लौ .... पढ्न अल्छि लागेकाहरुको लागि सुन्न र हेर्न भिडियो प्रस्तुत छ यो बिषयमा अरु अनुसन्धान गर्न आबश्यक लागेको छ मलाइ -- तिनिहरु बिच अंश सम्बन्धि झगडा पनि भएको रहेछ .. अदालतले बराबर बाँड्नु भनेको रहेछ । जानकारि जम्मा भएमा अर्को भिडियो बनाउने छु । https://www.youtube.com/watch?...

AnandNepal · Apr 20, 2018 11:47 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion