मिस नेपाल एमाले सांसदकी छोरी पो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

वनभोज, क्या मज्जा ! » एमाले सांसद दम्पति विरोध-मुनुकी छोरी बनिन् मिस नेपाल By Salokya, on April 11th, 2018 एक जमाना थियो, मिस नेपाल सौन्दर्य प्रतियोगिताको कम्युनिस्टहरु खुबै विरोध गर्थे। विरोध प्रदर्शनका कारण मिस नेपाल आयोजना स्थलबाहिर प्रहरी सुरक्षा कडा बनाउनु पर्थ्यो। अचेल समय फेरिएको छ। चीनमा त मिस वर्ल्ड नै आयोजना हुन थालिसकेको छ। मिस नेपालको पनि विरोध अब हुन छाडेको छ। यो पटक त गजबै भयो। मिस नेपाल बनिन् शृङ्खला खतिवडा। सुन्दरी पनि र जवाफ पनि गजब दिने। ट्यालेन्ट उस्तै। शृङ्खलाको पारिवारिक पृष्ठभूमि भने कम्युनिस्ट। आमा-बाबु दुवै सांसद। बाबु विरोध खतिवडा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद अनि आमा मुनु सिग्देल चाहिँ प्रदेश नम्बर ३ मा समानुपातिकबाट सांसद। रमाइलो चैँ के भयो भने मिस नेपालका मुख्य जज राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव गोविन्द गजुरेलले सोधेको प्रश्न पनि उस्तै थियो। समृद्ध नेपाल, सुखी नेपालीका लागि आवश्यक तीन वटा विषय के हो भन्ने प्रश्न उनले मिस नेपालका सात जना फाइनलिस्टलाई सोधेका थिए। ‘समृद्ध नेपाल, सुखी नेपाली’ प्रधानमन्त्री केपी शर्मा ओलीको नारा हो। उनले पदभार ग्रहण गर्दा यो नारालाई अभियानका रुपमा अघि बढाउने बताएका थिए। सांसद दम्पति विरोध खतिवडा र मुनु सिग्देल। आमा बाबु दुवैले फेसबुकबाट छोरीका लागि भोट मागेका थिए- http://www.mysansar.com/2018/0...

ktmpost · Apr 17, 2018 10:52 AM · 9,776 views

3 Replies

Jaski chori bhayeni she looks gorgeous..nepali ma chwak bhancha ni..tyastai. She deserves it.

GwachAquarian · Apr 17, 2018 11:27 AM

maobaadi ko hunu parne ho? ki kaanges ko? Last edited: 17-Apr-18 11:45 AM

collegefootballrocks · Apr 17, 2018 11:44 AM

Who cares? She is beautiful and deserves to be miss Nepal.

pepsi · Apr 17, 2018 8:32 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion