म यस्तै छु ! आफुले लाउँदा त्यहि लुगा चिटिक्क अरुले लाउँदा कति भद्दा आफुले मान्ने सबै मान्छे कति राम्रा बाँकी माथि न भक्ति न श्रद्धा ! अरुले बिए पास गर्दै के भो र आफ्नोले एस एल सी गर्दा कस्तो पढ्या आफुले खाने रक्सि बेला मौकामा मात्र हो अरुले खाँदा ति त सबै जड्या ! म त दयालु छु, अस्ति भर्खर फेसबुकले भन्यो कति लाईक र कमेन्ट आऊछ त्यहि गन्यो भेट्दा एक सब्द नबोले पनि फेसबुकमा चाई हप्यापी बिर्थ्दडे भन्यो ! नेतालाई गाली गर्न कति रमाईलो लाग्छ आफ्नो नामर्दी त्यति बेला स्वाटै भाग्छ अर्कालाई दोस लगाउन कति सजिलो मज्जा आफुले भनसुन गरेर लाइसेन्स बनाको चाई का जा? म त अब फेसबुक बन्द गर्छु फेसबुक मै घोषणा गरिदिन्छु २-४ दिनमा केहि पो भयो कि भनेर फेरी लुसुक्क फेसबुकमा आएर पलेटी मारेर बस्छु ! कहाँ के भयो यो संसारमा मलाई सबै को चिन्ता छ अरुले गरिदिए हुन्थ्यो तिनका उद्दार मेरो त अलि नमिल्ने आफ्नै टन्टा छ ! हिजो टोलमा धाक लगाउनेे मेरो बानि आज फेसबुकमा पनि त्यहि गर्दैछु हिजो पनि नेताको पछी लागेको आज पनि फेसबुकमा तिनको गुण गाउदै छु ! अरुले के खायो अनि के लायो मलाई नि हुन्छ नि हेर्ने रहर साथि भाइलाई येसो हेलो भन्ने बानि पनि छ मेरो रातको दोस्रो प्रहर ! मैले के गर्दै छु, कहाँ जादै छु संसारलाई थाहा नभए के मज्जा होला राम्रो फोटो छानेर राख्नु पर्छ है नत्र फेरी नराम्रो छ भन्ने अरुलाई आभास होला ! आज फेसबुकमै राख्न एउटा कविता लेख्छु राम्रो छ, कति मजा भन्ने कमेन्टको आशा गर्छु सबैको वाल मा गएर एक एक लाइक गर्छु पैचो तिर्ने थुप्रै छन्, तिनै लाईकले फेरी आफ्नो फेसबुक भर्छु !
jhilkeJetho · Apr 4, 2018 5:04 PM · 23,273 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion