म मातेको रात !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म मातेको रात आफ्नै छाँयासंग झगडा गर्थे को होस् तँ भनि प्रस्न सोध्थे छाँया एक टक भै मलाई हेर्थ्यो तेसपछि छाँयाले मेरो लात भेट्थ्यो म मातेको रात श्रीमतीसंग झगडा गर्थे को होस् तँ भनि प्रस्न सोध्थे ऊ एक टक भै मलाई हेर्थी तेसपछि उसले मेरो हात भेट्थि म मातेको रात बाबासंग झगडा गर्थे को होस् तँ भनि प्रस्न सोध्थे उँहा एक टक भै मलाई हेर्नुहुन्थ्यो तेसपछि उँहाले मेरो बोत्तल भेट्नुहुन्थ्यो म मातेको रात भट्टी साहुनीसंग झगडा गर्थे को हौ तिमि भनि प्रस्न सोध्थे उनि एक टक भै मलाई हेर्थी तेसपछि मैले तारा देख्थे तेसपछि मैले तारा देख्थे

ujl · Mar 9, 2018 11:07 PM · 14,108 views

1 Reply

दमदार छ हजुर को कबिता /

Baneko chha paharale · Mar 12, 2018 11:06 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion