irving मा बस्ने एउटा भाई bitcoin को चक्कर मा बर्बाद भएछ, dependent विस मा केहि समय आगि यता बस्न थालेको रैछ, काम नि गतिलो नपाको, साथीहरु ले bitcoin मा लगानी गरे १ को १०० हुन्छ भनेर उचालेचन, सोजो नेवार को छोरो होला भनेर भए भर को पैसा हलेच..नेपाल बाट नि बुडी लाई school मा तिर्न भनेर पैसा मागेछ... दुख को कुरा त आफ्नै बुडी लाई नि २ ३ हजार मात्र हालेको ऐले अलि घटेको छ पछि improve हुन्छ भनेको रैछ...अब बिचरा ले २५ ३० हजार कता बाट recover गर्नु.. हामी यता बस्ने साथी हरु..नेपाल बाट भखर भखर आउने साथी लाई एस्तो गलत गलत काम गर्न नउचालौ...सफलताको को shortcut छैन, परिश्रम गर्ने पर्छ, २ ४ १० $ को lottery किन्नु एउटा कुरा, secondary market मा आएर हजारौ $$$ crypto मा हाल्नु चै suicide हो अनि नारी मित्र हरु आफ्नो बुढो ले पैसा कता लागको छ अलि खोजि नीति गर्नुस, crypto मा फस्ने धेरै छन् बिशेस गरि भखर भखर यता आउने हरु...irving area मा २ ४ ओटा एस्त घटना पैले नि सुनेको हो, सायद गिरोह नै छ कि के हो त्यो area मा लोग्ने ले पैसा साथी लाई सापटी दिएको छ,नेपाल पठाको छ, कतै invest गरेको छ जस्ता कुनै संकालु कुरा गर्छ भने पुरै detail verify गर्नु होला, के था. भित्र भित्रै bitcoin को कुलत मा फसेर कंगाल भएको हुन सक्छ, डर वा लाज ले तपाई लाई नभनेको हुन सक्छ...;;;
QAtester1 · Mar 8, 2018 6:51 PM · 13,168 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion