मध्यरात मा उडेको जहाज

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कान्तिपुर मा ०३.०३.१८ छापिएको एउटा कबिता को अन्तिम परिच्छेद सारै मार्मिक लागेर शेयर गर्न मन लाग्यो/ "अँध्यारोमा उडेको जहाजले फर्किंदा उज्यालो ल्याउँछ कि ल्याउँछ त्यही अँध्यारो ? सपनाहरुको त के कुरा भो र ? जहाजसँगै उडेका भविष्यहरु सुटकेससँगै हाँस्दै आउलान् वा बाकसबन्द निदाएर आउलान् ?" शिर्षक: मध्यरात मा उडेको जहाज लेखक: रुपेश श्रेष्ठ

The Thamelean · Mar 5, 2018 8:53 PM · 12,957 views

3 Replies

hazarou barsa dekhi sansar yestai nai ho ni solti....manxe haru hunting garna ghar bata tada tada janxan....ramro result, dhan kamanuni aasa ma....ani kahile kahi..accident vayera marxan..utai

regidk · Mar 5, 2018 9:58 PM

उसलाई अब मृत्युको कुनै भय थिएन बाकसमा ज्यान गयेनी, पशुपतिमा लाश जलेनी उसलाई केहि वास्ता थिएन नंग्न केटीहरु देख्दा उसमा कामुक्ता थिएन यो जगतमा उसलाई कुनै रस थिएन उसलाई अब मृत्युको कुनै भय थिएन हरपल हांसी रहने उसको स्वभाव थिएन ऊ आफ्नै सन्तान बित्दा पनि एक रत्ति आँसु झारेन उसलाई केहि वास्ता थिएन ऊ पर पुगेको मान्छे यो संसारमा उसलाई केहि रंग लागेन सन्तानको मृत्युले पनि उसलाई केहि झट्का लागेन उसलाई केहि वास्ता थिएन उसलाई केहि वास्ता थिएन

ujl · Mar 5, 2018 10:07 PM

वाह गजब को कबिता / सारै राम्रो लाग्यो हजुर/

The Thamelean · Mar 6, 2018 12:04 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion