काठमाडौं: राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालले देब्रे खुट्टा अपरेसन गर्नुपर्ने बिरामीको दाहिने खुट्टाको अपरेसन गरेको छ। डाक्टर प्रवीण नेपालको टोलीले चितवनकी बिन्दु पौडेलको उपचारमा लापरवाही गरेको उनका श्रीमान किशोर पौडेलले बताए। ३८ वर्षिय बिन्दु हिजो शुक्रबार हिडेर नै अस्पताल पुगेकी थिइन्। लिगामेन्ट च्यापियर उपचार गर्न अस्पताल पुगेकी पौडेलको एमआरआइ हेरेपछि अस्पतालले अपरेसन गर्नुपर्ने बताएको थियो। अपरेसन थिएटरमा बिरामी चिच्याउदासमेत डाक्टरले खबर नदिएको बिन्दुको श्रीमान पौडेल बताउँछन्। उनलाई अपरेसन कक्षामा चार घन्टा राखेका थिए। ‘सुरुमा उहाँहरु गल्ती स्वीकार गर्नुभएको थिएन। हामीले प्रमाणसहित पेश गरेपछि गल्ती स्वीकार गर्नुभयो,’ पौडेलले भने, ‘त्यसपछि उहाँहरुले देब्रे खुट्टाको अपरेसन गर्ने र भविष्यमा हुने घुडाँ तथा नसा समबन्धी रोगको सम्पूर्ण उपचार गर्ने सहमति गर्नुभयो।’ अहिले बिन्दुको नर्भिक अस्पतालमै देब्रे खुट्टाको शल्यक्रिया भइरहेको छ। डाक्टरले लापरवाही गरेपछि बिरामीसँग ४ बुँदे सहमति गरेको छ। सहमति पत्रमा भविष्यमा आउने दुइटै गोडाको समस्या र नसाको उपचार निशुल्क गर्ने मन्जुर गरेको छ। त्यस्तै नर्भिकमा उपचार सम्भव नभए अन्य अस्पतालमा तथा विदेशमा लगेर समेत उपचार गराउन अस्पताल मन्जुर भएको छ। अस्पतालका मेनेजर आरपी मैनालीले भने आफू बिदामा भएकाले यस घटनाबारे कुनै जानकारी नभएको बताए। उपचारमा संलग्न डा प्रवीण नेपाल र शैलेज रन्जितकारले भने भुलवश अपरेसन अर्कै खुट्टामा हुन गएको भन्दै गल्ती स्विकार गरेका छन्। http://www.pahilopost.com/cont...
ktmpost · Mar 2, 2018 9:31 AM · 3,465 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion