न खेलें राम्रो, न अव्वल पढाईमा। थोरै चिप्लें, थोरै बढें, जीवनका चढाईमा। सधैं जितिन, धेरै हारिंन आफ्ना लडांईमा। पुर्णांक पांच हुंदा, म सधैं अढाईमा। न कलाको पारखी, न रंगमंचमा अभिनेता। न एक्लै हिंड्न सकें, न सबैलाई बांध्ने नेता। आफ्नो दु:खमा हांस्न सकिन, अरूको दु:खमा रमाईंन। धेरैलाइ साथि बनाउन सकिन, धेरै दुश्मन कमाईंन। सागर ठूलै पार भयो, आएनन् ठुला छाल। संघर्ष बने अभिन्न मित्र तर पारेनन् धेरै गाल। लामो बाटो हिंडियो,पर्यो छिनछिनको वास। चाहना, ईक्षा पल-पलमा फेरिए, साथै आयो आश। दिन धेरै सकिन, लिन धेरै गैंन। पुग्ने ठाउं धेरै होलान, त्यती जांगर छैन। चिल्लो पातै नभए पनि खश्रै पनि हैन। मनको कलह मनै भित्र, सतहमा चैन। नपुगेर लडिन, धेरै भएर चढिन। वाहानाको बांध बांधी धेरै अघी बढिन। बार्है टक्का खल्तीमा राखी एकै ठाउंमा गडिन। बगें, उड़ें, लड़ें, चढ़ें थीर भई अडिन। थोरैमा खुशी हुन सकिन, न धेरै पाउन जानें। जीवनको रोजाईमा, जीवनको भोगाईमा मध्यमार्ग छानें।
dave_dat · Mar 1, 2018 4:54 PM · 3,888 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion