लेख्न नसक्ने कवि

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

लेख्न नसक्ने कवि ! म त लेख्न नसक्ने भएछु, शब्दहरुले कहिले छोडे? सुकेका अर्थहरू, भित्तामा धुलोको डोव बनाएर बसेछन्, मृत्युवरण पछिको, मृत्यु-उत्सब कुरेर, कलम सुकेछ.....भाँचिएछन् निवहरु त्यही निवले घोंचिएर , चिथोरीएर स-शंकित हुँदै लेख्न खोजे औंलाहरु पनि हाड, छाला, मासुको गुट उपगुटमा बाँडिदा, म त लेख्न नसक्ने भएछु । मेरा श्रोता ! खै कां' छन् छन् कि छैनन?? म त एकोहोरिरहंछु.. घोरिरहंछु, केही सम्झे जस्तो लाग्छ... केही देखे जस्तो लाग्छ... लागिरहन्छ... छोप्न आँउछअर्ध निन्द्रामा , चुक अमिलोजस्तो अंध्यारो... तै पनि शब्दहरु नांच्छन्, म सकी न सकी बटुल्छु, बीँउझन्छु र बिर्सन्छु....साँचै...बिर्सन्छु. .खै...मैले कविता लेख्न बिर्सेछु । म कस्तो कवि ?? जो लेख्न बिर्सन्छ। शब्दसंग जसको रिसइवी छ वाक्यहरु जो पासो बनेर बसेका छन् अर्थहरु गिधॆ भएर कुर्छन ... ......मेरो कविको अवसान हुने दिन... मेरो कथा, मेरो कविता को अवसान हुने दिन केही लेख्नू न भन्दा,.. शब्द हाँस्छ : "तँ लेख्न नसक्ने कवि होस्" !

jhaukiri · Feb 23, 2018 6:25 PM · 19,931 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion