यताका ‘वाम’सँग चिल्लो हात,उताका सँग काँडेतार- आशिष

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपालमा ‘वाम’ सरकारलाई ‘समर्थन’ गरेको भारत सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले विगत पच्चिस वर्षदेखि लगातार भारतको त्रिपुरा राज्यमा सरकार चलाउँदै आएको वाम सरकारको भने धुुँवादार विरोध गरेका छन् । आगामी फेब्रुअरी १८ मा हुन लागेको प्रादेशिक चुनावमा भारतीय कम्युनिष्ट पार्टी(माक्र्सवादी) नेतृत्वको वाम गठबन्धनलाई पराजीत गर्न आग्रह गर्दै त्यहाँ बिहीबार आयोजित जनसभामा त्रिपुरामा कम्युनिष्ट पार्टीले पच्चिस वर्षदेखि शासन चलाए तापनि त्यहाँका मजदुरहरुले न्युनतम ज्याला समेत नपाएको भन्दै वाम सरकारको खरो विरोध गरेका थिए । ‘यहाँका जनताले किन न्यूनतम ज्याला पनि पाउने गरेका छैनन् ?’ मोदीले सोधे,‘कम्युनिष्ट सरकारले यहाँ पच्चिस वर्षदेखि शासन चलाएको छ र त्यसले त्रिपुराको अवस्थाले ध्वस्त बनाएको छ ।’ यो कुरा सत्य भने होइन । भारतकै सबभन्दा साक्षरता दर भएको र सामाजिक सुरक्षा सेवा प्रदान गरिएको प्रदेशमध्ये त्रिपुरा एउटा हो । मोदीले पनि चुनावको बेला नेपालका केही नेताहरुले दिउँसै अँध्यारो बनाउने झुठ बोलेका छन् । मोदीले नेपालका नेताबाट सिके वा नेपालकाले उताबाट सिकेका हुन् । उनले त्रिपुराका कम्युनिष्ट नेताहरुले सेतो कुर्ताभित्र पैसा जम्मा नगरिने बैंक खाताको प्रचार गरेर आफूले गरेको घोटाला र भ्रष्टाचार लुकाउन खोजेको आरोप समेत लगाए । त्रिपुराका मुख्यमन्त्री मनिक सरकार भारतकै सबभन्दा गरीब मुख्यमन्त्री भएको हालै सार्वजनिक समाचारतिर सङ्केत गर्दैै मोदीले त्यसो भनेका हुन् । रोज भ्याली कोष घोटाला काण्डजस्ता आर्थिक घोटाला काण्डले त्रिपुराका जनतालाई गरीब बनाएको दाबी गर्दै मोदीले घटनाका दोषीहरुलाई कार्यबाहीको दायरामा ल्याइने बताए । उनले कम्युनिष्ट सरकारले आतङ्कको वातावरण सृजना गरेको समेत बताए । कम्युनिष्टहरुप्रति मोदीको यो भनाई हालै नेपालमा सम्पन्न चुनावअघि एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनका विषयमा शेरबहादुर देउवाले ‘रुन पनि नपाउने शासन आउने’ भनाईसँग मिल्दोजुल्दो सुनिन्छ । मोदीले मनिक सरकार नेतृत्वको वाम सरकारलाई पराजीत गर्न समेत सहभागी जनतालाई आग्रह गरेका थिए । मोदीका विदेशमन्त्री सुस्मा स्वराजले नेपालमा कथित वाम गठबन्धनसँग काम गर्न आतुर भएको भन्दै यहाँका ‘वाम’ नेताहरुसँग चेपारे घसेको साता दिन पनि बित्न नपाउँदै मोदीले त्रिपुरामा बोलेका कुराले वास्तवमा वाम र प्रगतिशील शक्तिप्रति भारत सरकारको नीति प्रष्ट बनेको छ । मोदीले नेपालमा ‘वाम’लाई चिल्लो घस्नुको एउटै कारण उसलाई एमाले र माओवादी केन्द्रसँग वाम हुनुको पाइन नभएको यथार्थ राम्ररी थाहा छ । ‘वाम’ भनिएका नेपाली नेताहरु भारतका दरबारहरुमा भारतीय शासक वर्गको आर्शिवादको लागि कसरी गिडगिडाएर रुने गर्छन् भन्ने कुरा मोदी प्यानललाई राम्ररी याद छ । तसर्थ मोदीले नेपालमा अहिले ‘वाम’ को नाममा आएका आफ्नै प्रकार र दर्शनका राजनीतिक शक्तिसँग सहकार्यको हात अघि बढाउनुले नेपालका ‘वाम’हरुको धोती खुस्किएको छ ।

huippa · Feb 9, 2018 1:06 AM · 6,741 views

1 Reply

rajniti vaneko football or soccer game jastai hol....messi ra ronado le gareko trick haru jastai trick haru hunxa ...kada rajnitik party/kheladi haru bata.....waiyad rajniti party haru chahi...testai ho..tapai le predict garna sakxa uni haru ko khel khelni tarika....mudae baal vanya jasto...tesaile hizo aja..hamro tira rajnitik kheladi ra party haru alik kada nai xan jasto xa....tesaile uni haru ko move pahila dekhdai ayeko vanda ali farak jasto lagyo.

regidk · Feb 9, 2018 5:46 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion