मन्जुरीमा भएको यौन सम्बन्धमा किन प्रहरी हस्तक्ष्यप ? २३ माघ, काठमाडौं । रौतहटको विश्रामपुरका अशोक गुप्ता र विराटनगरकी शैली -नाम परिवर्तन) एउटै कम्पनीमा काम गर्थें । सम्बन्ध निकट हुँदै जाँदा उनीहरु एकअर्कालाई प्रेम गर्न थाले । सम्बन्ध यति नजिकिएको थियो कि उनीहरु एकअर्कालाई छोड्न नसक्ने बताउँथे । अन्तरजातीय सम्बन्ध भएका कारण उनीहरुको सम्बन्धलाई परिवारले नमान्ने डर दुवैलाई थियो । साताअघि ती युवतीलाई विवाह गर्ने भन्दै अशोकले सुन्धाराको होटल एसियनमा बोलाए । त्यहाँ ५ दिनसम्म उनीहरु सँगै बसे । ५ दिनपछि अशोक एकाएक सम्पर्कबिहीन हुँदा युवती छाँगाबाट खसेझैं भइन् । लगत्तै, उनी महानगरीय प्रहरी वृत, जनसेवामा पुगेर उजुरी दिइन् । र, गत शनिबार प्रेमी भनिएका अशोक प्रहरीलाई प्रहरीले नियन्त्रणमा लियो । प्रहरीका अनुसार उनले बयानका क्रममा अन्तरजातीय सम्बन्ध भएका कारण आफूले विवाह गर्न नसक्ने बताएका छन् ।
ktmpost · Feb 6, 2018 10:51 AM · 3,214 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion