काठमाडौंका पाँच अस्पतालमा प्रहरी छापा, १२ जना ‘नक्कली डाक्टर’ पक्राउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

फाइल फोटो १५ माघ, काठमाडौं । प्रहरीले काठमाडौंका पाँच अस्पतालमा छापा मारेर १२ जना ‘नक्कली डाक्टर’ लाई पक्राउ गरेको छ । पाँच अस्पताल सञ्चालक पनि पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको समन्वयमा अस्पताल, चाइना गेटवाल, चाइना पिपुल, निजामती अस्पताल, चाइना डेन्टलमा छापा मारेको हो । पक्राउ परेकाहरुको विवरण भने सार्वजनिक गरिएको छैन । मेडिकल काउन्सिलका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘१२ जना पक्राउ परेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेकाले विवरण सार्वजनिक गरिएको छैन ।’ २०७४ माघ १५ गते १८:०९ मा प्रकाशित https://www.onlinekhabar.com/2...

ktmpost · Jan 29, 2018 10:01 AM · 3,237 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion