पप सम्राट ओम बिक्रम बिष्टको सहयोगको लागि इन्टरनेसनल नेप्लिज आर्टिस्ट सोसाइटी (इनास) ले आउँदो सनिबार अमेरिकाको भर्जिनियामा एक सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको इनास का सचिब कृष्ण श्रेष्ठले बताउनु भएको छ. बिगत केहि समय देखि दुवै मिर्गौला को समस्या बाट ग्रस्त भएर अमेरिकामा उपचार गराइरहनु भएका गायक बिष्ट को सहयोगार्थ हुने यो कार्यक्रममा अमेरिकाका विभिन्न स्थानमा बसोबास गर्ने कलाकार हरु ले प्रस्तुति दिनेछन. जसमध्य गायक हरुमा राम श्रेष्ट, जगदीश समाल आदि र कलाकार हरुमा सरोज खनाल, किरण प्रताप के सी, निशा अधिकारी, रिमा बिश्वकर्मा लगायतका कलाकार हरुले आफ्नो प्रतिभा प्रदर्सन गरेर स्रोता/दर्शक हरुलाई मनोरंजन गर्ने छन्. यसको साथै यस पुनित कार्यमा सहयोग गर्न अमेरिका मा रहेका सम्पूर्ण नेपाली समुदाय हरुलाई इनास ले अपिल गरेको छ. बितेको जिबन मेरो, म मौनता मा अल्झिरहेको एउटा जिबन, सुन चाँदी भन्दा महङ्गो यो ज्यान लाइ लगायत का कालजयी गित हरुका गायक बिष्ट लाइ नेपालमा पप गीतको सुरुवात गरेको श्रेय पनि जान्छ.
banitathapa · Jan 18, 2018 12:20 PM · 14,557 views
Where is it happening?
Hawagiri · Jan 19, 2018 8:01 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion