प्रतीकात्मक तस्बिरकञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका १८ कटानकी एक महिलाले पुरुषको हत्या गरेकी छन्। आफूलाई अचेत बनाएर अश्लील भिडियो बनाइ ब्ल्याकमेल गरेको भन्दै ती महिलाले पुरुषको हत्या गरेकी हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका ३ की ३० वर्षीया धर्मा बोहोराले बैतडी दशरथचन्द नगरपालिका २ देहीमाडौंका २५ वर्षीय राजु बोहोराको हत्या गरेकी हुन्। आफूलाई खाने कुरामा नसालु पदार्थ मिसाएर खुवाइ अश्लील भिडियो बनाएको र त्यही भिडियो देखाएर ब्ल्याकमेल गरेको भन्दै धर्माले सोमबार राति धारिलो हतियार प्रहार गरी राजुको हत्या गरेको प्रहरीले जनाएको छ। हत्या अभियोगमा पक्राउ परेकी बोहोरालाई प्रहरीले हिरासतमा राखेर थप कारबाही अघि बढाएको छ। http://www.pahilopost.com/cont...
ktmpost · Jan 16, 2018 12:24 PM · 5,489 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion