प्रधानन्यायाधीश राजिनामा दिएर मुलुक छोड्ने मुडमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सर्बोच्च अदालतको मानहानी गरेको आरोपमा २४ गते बेलुकी पक्राउ परेका त्रि बि शिक्षण अस्पतालका डा. गोविन्द केसी लाई गिरफ्तार गर्न आदेश दिएर आलोचना खेपेका प्रधानन्यायाधीश गोपाल पराजुली अन्न्तत राजिनामा गर्ने मुडमा पुगेकाछन । सर्वोच्चको आदेशबाट सोमबार राति डा. केसीलाई पक्राउ गरिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ भने उनका समर्थकले निरंतरता प्रदर्शन गरेपछि उनी निश्कर्षमा पुगेको बुझिएको छ। उनि विरुद्ध बोल्दै सामाजिक संजालमा निम्न आरोप समेत लगाएको देखिन्छ । गोपालप्रसाद पराजुलिलाई बर्खास्त गरेर छानबिन गर्नपर्ने काण्ड तथा कारणहरु:— 1) किर्तै नागरिकता कान्ड2) बहुबिबाह ( चार बिहे) गरेको कान्ड3) Ncell कर छुट कान्ड4) प्रहरी कान्ड5) कर छली लाई सफाया दिएको चुडामणी कान्ड6) ल क्याम्पस बाट जन्ममिती खुल्ने कागजपत्र गायब कान्ड7) प्रतिशोध कान्ड – शुशिलाले गरेका सबै मुद्दा उल्टाउने कान्ड8 गोबिन्द राज जोशी लगायत कॉग्रेशी भर्ष्ट हरुjलाई जिताउने भित्री तयारी कान्ड9) SLC सर्टिफिकेट गायब कान्ड10) आफ्ना भानिजलाई अख्तियारको कानुनी सल्लाहकार नियुक्ती कान्ड11) जग्गा प्लटिङ गर्ने पाउनु पर्ने आदेश कान्ड उनको कमजोरीलाई बाहिर ल्याउने र कानुनी प्रक्रियामा जाने बुझे पछि आफू पहिला नै राजीनामा दिने मुडमा पुगेका हुन ।आज दिउँसो केसीका समर्थकहरुले प्रदर्शन गर्ने कार्यक्रम तय गरे पछि उनी बढी त्रसित देखिएको स्रोतको खबर छ । http://www.rajaneeti.com/polit...

ktmpost · Jan 10, 2018 8:24 AM · 2,086 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion