वासिङटन । दक्ष बिदेशी कामदारहरुलाई दिइने एचवान वी भिसा थप गर्दै ग्रिन कार्ड दिने व्यवस्था खारेज गरी उनीहरुलाई स्वदेश फिर्ता गर्नेगरी ट्रम्प प्रशासनले महत्वपूर्ण नीतिगत परिवर्तन गर्न लागेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार एच वान वी भिषामा काम गरिरहेका तर ग्रिनकार्ड अप्लाई गरेकाहरुलाई भिषा नवीकरण नगर्ने गरी नीतिगत परिवर्तन गर्न लागेको बताएको छ । उच्च आम्दानी भएका कामहरुमा स्वदेशी कामदारलाई प्राथमिकता दिने ट्रम्प प्रशासनको नीति अन्तर्गत यस्तो परिर्वतन गर्न लागिएको हो । ट्रम्प प्रशासनको योजनाअनुसार नीतिगत परिवर्तन भएमा झण्डै ५ देखि ७ लाख भारतीय दक्ष कामदारले अमेरिका सेटल हुने सपना छाडेर स्वदेश फर्किन बाध्य हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । खासगरी सूचना प्रबिधि क्षेत्रमा झण्डै ५ लाख भारतीय दक्ष जनशक्तिले एचवानवी भिषामा रहेर काम गरिरहेको टाइम्स अफ इण्डियाले जनाएको छ । नयाँ ब्यबस्थाअनुसार अब बिदेशी कामदारलाई सुरुमा तीन बर्ष र एकपटक नवीकरण गरेर अर्को तीन गरी कुल ६ बर्षको एचवानबी भिषा दिइनेछ । यदि ६ बर्षको अन्त्यसम्ममा पनि उक्त बिदेशी कामदारले ग्रिनकार्ड हात पार्न सकेन भने एचवान बी भिसा नवीकरण गरिने छैन । अर्थात् अमेरिकी ग्रिन कार्ड हात पार्ने उसको सपना बिचमै छाडेर उ स्वदेश फर्किनुपर्ने छ । यसरी एचवान बी भिषामा काम गर्ने बिदेशी कामदारहरुले ग्रिन कार्ड प्राप्त गर्नका लागि झण्डै १० देखि १२ बर्षसम्म संर्घष गर्नुपरिरहेको छ । तर, अब ६ बर्षभित्रमा ग्रिनकार्ड पाउन नसके अमेरिका बसिरहन नपाउनेगरी ट्रम्प प्रशासनले कानुन परिवर्तन गर्न लागेको छ । २०७४ पुष २१ गते १८:३७ मा प्रकाशित (२०७४ पुष २२ गते १२:५९मा अद्यावधिक गरिएको) https://www.onlinekhabar.com/2...
ktmpost · Jan 6, 2018 8:14 AM · 5,318 views
Good Job. Go Trump, to many Indians al over, they are lobbying for taking off per country limit. This will effect people from all other other country except India and China . We should start calling law makers again ha this , they have solid 300+ cosponser in house by now.
meraj · Jan 6, 2018 8:21 AM
this is hawa news
Manko Sathi · Sep 26, 2019 10:41 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion