कोशी छेउ उभेको सिमल जतिनी बाँच्दिन म कोशी छेउ उभेको सिमल जतिनी बाँच्दिन म तेहि सिमल काती बनेको डुंगा जतिनी बाँच्दिन म त्यो माथि माथि आकाश नीलो छ डुंगा मुनिको नदी को दह अझै नीलो छ यी दुवैको बीचको बहना लिएको म सेतै सेतै भइसकें तेहि सिमल काती बनेको डुंगा जतिनी बाँच्दिन म कोशी छेउ उभेको सिमल जतिनी बाँच्दिन म माछा मार्ने जाल फाक्दा मेरो एउटा आयु खस्छ नाउ वारी पारि गर्दा मेरो जम्मै आयु खस्छ नदि पनि सुकेको छैन आकाश पनि झरेको छैन यी दुवैको बीचको बहना लिएको म मृत्यु नजिक भइसकें तेहि सिमल काती बनेको डुंगा जतिनी बाँच्दिन म कोशी छेउ उभेको सिमल जतिनी बाँच्दिन म एक दिन म मरुँला संसारमा नरहुँला मेरो सिमल काठको डुंगा पानीमा खिएर जाला तर युग युगसम्म यो नदि यो आकाश रहिरहंला नदि तार्ने बुढो माझीको काम यो संसारमा रहिरहंला ओ हो जीवन भन्नु के हो र? बाँच्दा गरिने काम न हो अघि अघिका पुर्खाहरु, पछि आउने सन्ततिहरु यी दुबैको बीचको मोह नलिएको म एकदम बुढो भइसके, सेतै सेतै भइसकें तेहि सिमल काती बनेको डुंगा जतिनी बाँच्दिन म कोशी छेउ उभेको सिमल जतिनी बाँच्दिन म https://www.youtube.com/watch?... एक लस्कर भरियाहरु असारको उर्लदो भेल चिप्लो बाटो दोबाटोहरु पहिरो गएको पाखा रुज्दै भिज्दै हिड्नेहरु एक लस्कर भरियाहरु एक लस्कर भरियाहरु भदौको चर्कदो घाम पानी बिनाको ठाडो उकालो बेलुका भो सतिर बयेरको ओछ्यान पसिना पुछ्न टेकाउनेहरु एक लस्कर भरियाहरु ............................. ............................. https://www.youtube.com/watch?... बाबा ले भन्थे https://www.youtube.com/watch?... Last edited: 05-Jan-18 10:33 PM
paladin · Jan 5, 2018 10:28 PM · 12,179 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion