नया बर्ष

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नया बर्ष -------- नकचरो पाउना जस्तै, फुस्स उडेको भित्ता मा कोइ चिहाउन आइपुग्यो , क्यालेन्डर को पाना पल्टियो, कान्छो छोरा ले बिस्तारै पढ्यो, नया बर्ष 2018 नया बर्ष !!, नया सिराबाट चल्ने बाचा गर्दै , एक हुल हिजडाले कसम खाए , जड्याहा ले सपथ लियो , सिंहदरबार छिरेका नब सामन्त हरु , फेरी देश बनाउने बाचा गर्दैछन , जनता रत्नपार्क मा बदाम खादैछ , रानीपोखरीको माछा हेर्दैछ , घोडेजात्रा ,गाइजात्रा , येस्पाली आफ्नै जात्रा मनाउनु पर्ला जस्तो छ | नया बर्ष !! भित्तासम्म आयो , पुरानो बर्ष , भित्ता बाटै गयो |

prabhat41 · Jan 2, 2018 9:51 PM · 19,375 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion