खवरदार, घरको न घाटको बनिएला है !- गोपाल शिवा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म काम गर्ने ठाउमा कंट्रयाक सप्लायर्स मार्फत अफिस सहयोगीका रुपमा म आऊनु भनदा केहि बर्ष अघि देखी एक जना नेपाली दाईं काम गर्दा रहेछन । नेपाली त्यस माथि आफनै मातहतमा काम गर्ने भए पछि यिनको कामको अनुगमन गर्ने र आवश्यकता अनुसार काम लगाउने मेरो पनि कर्तब्य बन्यो । म त्यति अबरोध गर्दिन थे त्यहि भएर यिनी प्राय डाटा सकिएको बेला र ब्यालेन्स रित्तिएको बेला मेरो डेस्कमा आएर कहिले गाउले बहिनीलाइ, कहिले सालीलाइ त कहिले सोल्टिनीलाई फोन गर्नु पर्यो भनेर अफिसको नम्वरबाट फोन लगाउथे । फोनमा यिनी प्राय अस्लिल शब्द मिसाउदै हिजो राति ईमोमा भिडियो च्याट गरेर डाटा सकिदि हालिस त कान्छी ….डाटा लिएर पछी कल गर्छु ल भन्थे । यिनको यही नियमिता बाट म परिचित भै सकेको थिए । मैले एक दिन अफिस बाटै गाउले बहिनीलाइ फोन गर्नु पर्ने भन्दै आएको बेला बहिनी भन्या छ फोनमा त माया प्रितीको नाना थरि कुरा गरेको सुन्छु त ? भनेर जिज्ञाशा राखे । उनले हैंन भाई कुबेतमा बनाएको कान्छीलाई हो किन ढाट्नु भने । कान्छी मैले प्रति प्रश्न गरे । समाजसेवा गर्छु भनेर टारे ….हाम्रो कुरा त्यति अगाडि बढ्न सकेन किनकि कामको चाप थियो आफैंमा यो अपर्याप्त समय थियो । गत बर्षको रमादानको समय थियो कामको चाप त्यति थिएन । अफिसमा फोन आयो नेपाली दाइको नाम गरेर ….दाईलाई बोलाइ दिए । दाइले फोनमा बोल्दै न रो-के तेरो लागि काम खोज्दैछु तलाई काम मिलाएरै घर जान्छु राख फोन पिर नगर भरै म कल गर्छु भनेर राखी दिए । हामी फरक फरक ठाउमा बस्थियौ …त्यहि भएर अफिस मै दाइ संग भलाकुसारी गरेर समय सदुपयोग गर्न योग्य बाताबरण र माहोल थियो र परिस्थिति पनि त्यस्तै बन्यो ।मैले दाइको समाजसेवाको प्रेरणाको कुरा गर्ने सोचमा अस्तिको कान्छी… समाजसेवा आज रोई कराई के हो दाई भन्दै गाँठी कुराको गाठो फुकाउन आग्रह गर्दा दाईले अहिले सम्म ४०/५० जना भन्दा बढी घरेलु कामदारमा कार्यरत नेपाली दिदि बहिनीहरुलाई आफुले अन्यत्र काम खोजेर लाइ दिएको गाँठी कुरा फुकाए। यी रुनेलाइ कुबेतिको घर बाट भगाएर केहि दिन आफु संगै राखेर आफुले एक भारतीयकोमा ९० केडीमा काम लगाई दिएको थिए तर भारतीय सपरिवार भारत जाने भएछ काम खोज भन्यो रे त्यहि भएर यसलाई फेरी काम खोज्नु पर्ने छ भनेर दाईले खुलासा गरे । त्यस पछी उनि टुवाइलेट जान्छु भनेर लागे । फेरी यो बिषयमा दाईले बाकी कुराको खुलासा गर्ने आँट कहिले गरेनन्।म भित्र भन्ने यिनले लुकाएको बास्तबिकता के होला भन्ने कुरा जान्न उत्सुकताको हुटहुटि जीवित थियो । उत्सुकता लाई एकातिर पन्छाउँदै कर्तव्यको पालाना गरि रहे ।तर मैले पनि मुखै खोलेर फेरी सोधिन किंनकी झंडै २ बर्ष संगै काम गरे पनि पछिल्लो छ महिना यिनले मन लगाएर काम गर्न छाडेका थिए । कंट्रयाक सिधिएर कम्पनिले यिनलाई ओभर टाईम नहुने अर्को कम्पनीमा पठाउने या घर जाने भनेर अप्सन दिए पछि आफ्नो ५ बर्षिय बैदेशिक बसाइलाई बिट मार्दै यिनले घर जाने भनेर रोजेका रैछन ।घर जाने मिति तय भै सकेको रैछ …तर हामीलाई केहि जानकारी थिएँन र दिएनन । पहिला पहिला लुकीलुकी घरमा फोन गरेको है भाइ भन्दै आधा घण्टा फोन गर्ने दाईले पछिल्लो छ महिनाको अबधिमा काम भन्दा पनि बढी कार्यस्थल कै कुना कुनामा अटेर गरेर नै घण्टौ कुरा गरेर बिताई दिन थाले । केहि कामको लागि सहयोग माग्यो भने खुसि भयो भने गर्दिनथे नत्र होस् म त् गर्दिन हद भए घर पठाई दिने त होनी भन्थे । चिढिने एवं टाढिने स्वाभाव र आचरण देखाउन थालेका यिनी अनन्त इदको छुटिमा जान्छु नि नभनी घर तिर लागेछन । वास्तविकता भित्र सम्म पुग्दा मैले के सम्म पाए भने दाईले पछिला केही बर्ष भित्र कतिपय काम गर्ने घर भित्र खुला सामाजिक जीवनको अनुभूति नहुदा मायाका भोका हुने , मालिकले नेपाली चेलीहरूलाई घरमै थुनिराख्ने, नियमित तलब नदिएका, खाना नदिएका, घर जान नदिएका , कुटपिट गर्ने समस्याले भागेर सजिलो खोज्ने चेलीहरू र खुरुखुरु मालिकको घरमा काम गरिरहेका नेपाली दिदीबहिनीहरुको सम्पर्क नम्वर पाए संगै मोबाइलमा दिनहुं कुरा गरेर माया प्रेम बिस्वासका कुरा गरे पछी झांगिंएको सम्बन्धको फाइदा लिदै दाइले बढी तलबमा अन्यत्र काम लाइ दिने भनेर घरबाट भगाएर बाहिर दिनको ५ केडीमा पाइने कोठामा आफु संगै कतिलाइ त केहि दिन श्रीमति बनाएर नै समेत बस्ने गरेका रैछन । जानेर नजानेर यसरि बाहिर आइसकेपछि स्थानीय कानुनअनुसार अवैध भइन्छ भन्ने सम्म हेक्का नभएका चेलीहरुलाई घुमफिरको दैनिकी, अनि राम्रो कमाइको प्रलोभनमा काम गरि रहेको घरबाट हाउसमेडको काम छाडेर दाइका पछि लागेका केहिलाइ भने २० /३० केडी कमिसन खाएर भारतीय पाकिस्तानीको घरमा ९० केडी तलब आउने गरि काममा उही बेला लगाई पनि दिने गरेका रैछन । यी दाई त प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता मायाजाल बुनेर प्रलोभनमा पार्ने र फाइदा लिने दाइ मात्र हैन भाइहरुपनि यहा अझै धेरै क्रियाशील छन् । जो पेशागत रुपमै हाउसमेडमा कार्यरत आफ्नै देशका चेलीहरुलाई प्रलोभन देखाउदै माया जालमा पारेर यौन शोषण गर्ने देखि २० /३० केडी कमिसनको लोभमा बिरालोले बच्चा सारे झैँ एक घर बाट अर्को घर सार्ने जस्ता काम गरेर नेपाली चेलीहरुको बिचल्ली पार्ने काममा लागि परेका छन । यिनकै कर्तुतका परिणाम हुदा छदाको घर बाट निकालेर घरको न घाटको बनाई परिबन्दमा परेका हाउसमेडमा कार्यरत चेलीहरू न त भागेका घर सहजै फिर्न पाउँछन् न त् ‘भिसा लागेका स्पोन्सरले रद्द नगरेसम्म स्वदेश नै फर्किन सक्छन। अझ यसरी भाग्ने कतिपयलाई त चोरीको मुद्दा समेत हालिदिएको हुन्छ । अनि महँगो कोठाभाडा, भनेका जस्ता साथी नपाउनु । कोठाभाडा एक्लैले तिर्न नसक्नु कै बिकल्पहरु कोहि बंगाली , कोहि पाकिस्तानी त् कोहि अफ्रिकी केटा साथीको शरणमा बसेर जोखिमपूर्ण र शोषित अवस्थामा बस्नु पर्ने बाध्यता एवं अवैध धन्दा र देह व्यापारमा लाग्नु पर्ने बाध्यता आइ पर्छ ।सधैँ मानसिक तनावमा बाँच्नुपर्ने स्थिति आउछ । यस्तो तनावमा बाँच्ने मान्छे न त दिल खोलेर हाँस्न सक्छन्, न त खुसी नै हुन् सक्छन ।त्यस पछि एक्लो हुने , बेबारिसे हुने , अपराधिक मानसिकता हावी हुने र आत्म हत्या गर्ने जस्ता गतिबिधि देखिन थाल्छ । गगगकेहि समय अघि अरब टाइम्समा कुवेतको जलिब अल शुयोख क्षेत्रमा वेश्यावृत्ति गरेको आरोपमा पाँच नेपाली युवती र चार नेपाली युवकलाई रङ्गे हात पक्राउ भनेर खबर प्रकाशित भयो …दर्जनौ संघ सस्था क्रियाशील भए पनि हामीले यसको गहिराइमा पुगेर कारण खोज्न चाहेनौं। तर निचोड यी र यस्ता दाजुभाईहरुको कर्तुतहरु बाट घरको न घाटको बनेका चेलीहरु हुन् भन्दा फरक पर्दन्न । त्यसैले आर्थिक विपन्नताले गाँजिएर गाँस, बास र कपासको लडाइँमा भविष्य खोज्दै आफ्नो र परिवारको लागि केही भएपनि कमाउन भनेर विदेश भासिएका विवश नेपाली दिदीबहिनीहरू यता आएर भावनामा बहकिएर ,आशमा , प्रलोभनमा परेर आफ्नो चेतना नगुमाउ ।समश्यामा परेको हो भने सरोकारवाला निकाय सम्म पुग्ने जमर्को गरौ तर प्रलोभन देखाउने नेपाली दाजुभाईहरू नै भए पनि व्यवहार गर्दा दिदीबहिनीहरू पनि सधैँ चनाखो बनौ र विदेशको ठाउमा आफै घरको न घाटको बन्न बाट जोगिउ ।

siwag · Dec 12, 2017 8:40 AM · 3,782 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion